
बारामा ६४, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान
काठमाडौं-तनहुँ, बारा र चितवनमा प्रतिनिधिसभा उपनिर्वाचन अन्र्तगत आइतबार भएको मतदानमा समग्रमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार बारा क्षेत्र नं. २ मा ६४, चितवन क्षेत्र नं. २ मा ६३ र तनहुँ क्षेत्र नं.१ मा ५३ प्रतिशत मतदान भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललाई उदृत गर्दै नेपाल खबरले जनाएको छ ।
गत मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ३ प्रतिशत मतदान भएको थियो।
यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता थिए।
तनहुँ १ मा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ। आइतबार सम्पन्न उपनिर्वाचनमा गत निर्वाचनभन्दा दुई प्रतिशत मत कम खसेको हो।
मंसिर ४ मा तनहुँ–१ मा ५४ प्रतिशत मत खसेको थियो। यसपल्ट यहाँ ५३ प्रतिशतभन्दा मत खसेको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।
तनहुँका देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको भूगोल समावेश गरेर तनहुँ १ निर्धारण गरिएको छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए।
स्वतन्त्र उम्मेदवार जोशी ९जोशी समूहका नेता गोविन्दराज० ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।
चितवन २ मा पनि मंसिरको प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ। यहाँ गत निर्वाचनभन्दा झण्डै ५ प्रतिशत मत कम खसेको हो।
मंसिर ४ मा चितवन–२ मा ६७ दशमहल ६३ प्रतिशत मत खसेको थियो। यसपल्ट ६३ प्रतिशतभन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण निर्वाचन आयोगले आइतबारका लागि चितवन–२ मा उपनिर्वाचनको मिति घोषणा गरेको थियो।
निर्वाचन आयोगले कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडाको भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर २ निर्धारण गरेको थियो।
चितवन–२ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दिएका थिए। यहाँ एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवार थिए
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ मा प्रत्यक्षतर्फ ४९ हजार ३ सय मतका साथ लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाएका थिए।
उता बारा क्षेत्र नम्बर २ मा पनि कम मत खसेको छ। त्यहाँ ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
कुल ६ वटा स्थानीय तहका ४४ वडा रहेको यस निर्वाचन क्षेत्रमा गाउँबाट मतपेटिका कलैया ल्याइँदैछ।
यहाँको मतगणना आजै गर्ने वा भोलिबाट थाल्नेबारे सर्वदलीय बैठकपछि निर्णय गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यहाँ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको हो। यस क्षेत्रमा मंसिर ४ को चुनावमा यहाँ ६४/४४ प्रतिशत मत खसेको थियो।
बारामा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आमजनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मदेवार छन्।
तस्बिर : रासस
खबर साभार : नेपाल खबर