बारा–प्रतिनिधिसभाको रिक्त सदस्य पूर्तिका लागि नेपालका तीन वटा निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन भइरहेको छ । चितवन क्षेत्र नम्बर २,बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्राय निर्वाचन क्षेत्रमा ढिला गरी मतदान भइरहेको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका क्रममा जनता समाजवादी पार्टीका एकजना जिल्लास्तरका नेता दुईवटा मतपत्रसहित पक्राउ परेका छन् ।
मतदान गरेर फर्किने क्रममा दुईवटा नमुना मतपत्र बोकेर हिँडेको अवस्थामा बाराको देवताल गाउयँपालिका वडा नम्बर ७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रमा प्रहरीले जसपाका जिल्ला सदस्य रामसागर यादवलाई प्रहरीले २ वटा नमूना मतपत्रसहित पक्राउ गरेको हो हो ।
यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाउनुभएको छ ।
बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उहाँले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाउनुभएको हो ।
‘बेलडारी,झिटकैयासहित अरु १(२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उहाँले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाउनुभएको खबर अनलाइनखबरमा छ ।
कतिपय वुथमा आफ्ना प्रतिनिधिलाई जसपा कार्यकर्ताले प्रवेश निशेध गरिरहेको उहाँले बताउनुभयो । यसबारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत खासै चासो नदिएको उहाँको आोप छ ।
photo: onlinekhabar.com