-
शिशिर लामा :
धुलिखेल -काभ्रे जिल्लाको सदरमुकाम स्थित रहेको हिमालयन इन्टरनेशनल एकेडेमीले मंगलबार आफ्नो सातौं अभिभावक दिवास सम्पन्न गरेको छ ।
बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष शुसिल ब्याञ्जुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु रहनु भएको थियो ।
कार्यक्रम तोकिएको समय भन्दा ढिला सुरु भए पनि अभिभावकहरुको धैर्यता प्रति खुसी ब्यक्त गदै विद्यालय परिवारको निमन्त्रणालाई स्वीकार गदै उपस्थित हुनु भएकोमा सम्पुर्ण अथिति गण तथा महानुभावहरुलाई विद्यालयका प्रिन्सिपल गोपालमान कार्कीले शब्द द्धारा स्वागत गदै आफू र आफ्नो टिमले विगतमा विभिन्न कारणले थलिएका विद्यालयका अवस्थालई सुधार लागी सक्रिया भूमिका खेल्ने बताउनु भएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश अचर्यले आफु संग यस विद्यालयको घनिष्ट सम्बन्ध रहेको कुरालाई प्रष्ट्याउदै विद्यालयलाई आफ्नो तहबाट सक्दो सहयोग गर्ने बताउनु भएको थियो । साथै बिद्यालयलाई यहाँ सम्म पुर्याउन अभिभावक ज्यूहरुको महत्वपुर्ण भूमिका रहेकोले सम्पुर्ण अभिभावकहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शुशिल ब्याञ्जुले विगत देखी हालको स्थिति सम्म आई पुग्दा विद्यालयले धेरै कठिन र जटिल परिस्थतिहरु पार गदै आएको बताउदै विभिन्न तह तप्कमा रहेर सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै विद्यालयको वर्तमान अवस्था बारे प्रष्ट गर्दै अवको दिनमा विद्यालयलले खेल्नु पर्ने रणनिती समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल तथा धुलिखेल नगर युवा परिषदका उपाध्याक्ष सिवी तामाङले विगतमा जसरी एक किसिमले छुट्टै नाम कमाउन सफल यस विद्यालयलाई बेला बेलमा विभिन्न किसिमको बाधा नआएको होइन तर पनि यसलाई फट्को मार्न ब्यवस्थापन टिमले मात्र नभई अभिभावक तथा विद्यालयको प्रिन्सिपल एवं शिक्षक शिक्षिकाले पनि विशेष किसिमले लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
पुर्व विद्यालय बयवस्थापन समितिका अध्यक्ष एव संञ्चलक समितिका सदस्य समेत रहनु भएको दयराम महतले अभिभावकहरुले आजको दिन सम्म दिनुपर्ने माया ममता,सल्लाह सुझवहरु दिनु भएको कुरालाई स्मरण गराउदै । आगमी दिनहरुमा पनि विद्यालयले यस्ता कुराहरुको अपेक्षा समेत गरेको प्रष्ट पार्नु भएको थियो ।
विद्यालयका विद्यार्थी भाई बहिनीहरु तथा शिक्षिकाहरुले कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम मध्यान्तर भईरहदा अकाश बाट बर्सेका असिना पानीले केही बेर कार्यक्रम बिथोले पनि बालबलिकाहरुले प्रस्तुत गरेका गीत,कविता,नाटक नृत्य जस्ता सिर्ननात्मक क्रियाकलपहरुले अभिभावकहरु खुुसी नै देखिएको थियो ।
यस्ता क्रियाकलापले बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पुग्नुका साथै अभिभावकहरुमा विद्यालय प्रतिको माया र आकर्षण बढ्दै जानुका साथै आफ्नो छोरा छोरीहरुको सार्वङ्र्गीण विकास हुनेमा समेत विश्वस्त भएको अभिभावक सजना तामाङ बताउनु भएको थियो ।