काठमाडौं–राजधानीको बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा आएको छ । स्पोर्टस इन्जुरीलाई विशेष आर्कषण गर्ने उदेश्यका साथ शनिबारदेखि यो सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक तथा फिजियोथेरापिस्ट सम्झना लामाले बताउनुभयो ।
उहाँका अनुसार सेन्टरमा नशा,मांसपेसी,हाडजोर्नी,स्नायु,श्वासप्रश्वास,रक्तसञ्चार सम्बन्धीे समस्या वा क्षतिलाई व्यायाम तथा आधुनिक विद्युतीय उपकरणबाट उपचार गरिनेछ ।
‘हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी,खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी,मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी सेवा दिनेछौँ ।’–सञ्चालक लामाले भन्नुभयो ।
फिजियोथेरापिस्ट समेत रहेका लामाले थेरापीले उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने,बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने,दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने,स्वास्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन लगायतको फाइदा हुने बताउनुभयो ।सेन्टरले उद्घाटन एवं स्थापनाको अवसरमा सात दिनसम्मलाई विशेष छुटको व्यवस्था समेत गरेको जनाइएको छ । सेन्टरको शनिबार चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले उद्घाटन गर्नुभएको थियो ।