काभ्रे–नेपाल शिक्षक संघ काभ्रेको नवौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

शनिबार बनेपामा भएको अधिवेशनले शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधी समेत सर्वसम्मत चयन गरेको घोषणा निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद भट्टराईले गर्नुभयो ।

समितिको उपाध्यक्ष (महिला) मा रुपा थापा,उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ,सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा,सहसचिवमा मेघनाथ तिमल्सिना,सहसचिव (अर्थ) मा महेश्वरी थापा,सहसचिव (समावेशी) मा रामप्रसाद चौलागाई र नवराज लामा निर्विरोध निर्वाचित हुनुभएको हो ।

सदस्यमा भीमलाल लामा,दिनानाथ ढुंगाना,पञ्चसिं लामा, मायादेवी श्रेष्ठ,दुर्गा गौतम, सिता कंडेल,पुर्णदास श्रेष्ठ निर्विरोध भए ।

संघीय प्रतिनिधीमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हिराबहादुर लामा, गोविन्द शर्मा, सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना र प्रदेश प्रतिनिधीमा ध्रुवप्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुंगाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्विरोध निर्वाचित हुनुभयो ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले लोकतन्त्र प्राप्ती र संरक्षणमा शिक्षकको योगदान, कर्तव्य र जिम्मेवारी विशिष्ठ भएको तर्क गर्नुभयो । उहाँले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन योगदान गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

प्रदेश सभा सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले संघीय शिक्षा ऐन बनाउनको लागि पार्टी र आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शिक्षक संघ काभ्रेको संगठनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईलाई सम्मान गरिएको कार्यक्रममा नेपाल शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायण तिमल्सिना,संघीय कार्यसमितिका उपमहासचिव वाङजु लामा, काग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाई, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, उपाध्यक्ष रुपा थापा लगायतले लोकतान्त्रिक व्यवस्थाका लागि शिक्षकको भुमिकाको चर्चा गर्दै कांग्रेस सरकारका पालामा मात्रै शिक्षक हकहितका विषय सम्बोधन भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !