काठमाडौं–मिस तामाङ २०२३ को ग्राण्ड फिनालेको अन्तिम तयारी भइरहेको छ ।

यहि फागुन २० गते राष्ट्रिय सभागृहमा हुने ग्राण्ड फिनालेको भव्य तयारी भइरहेको आयोजक मम्स इनटरनेशनल नेपालकी निर्देशक रञ्जिता लामा तामाङले जानकारी दिनुभयो ।

तामाङ भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रितिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको विभिन्न चरण पार गर्दै अहिले १६ जना प्रतियोगिहरु प्रतिस्पर्धमा रहेका छन् ।

१६ देखि २९ वर्ष उमेर समूह,कम्तीमा एसईई उतिर्ण भएका,कम्तीमा ५ फिट उचाई भएका,विश्वका कुनै पनि ठाउँमा तामाङ कुलमा जन्मेका युवती सहभागि हुन सक्ने मापदण्ड राखेर आह्वान गरिएअनुरुप फर्म भरेका ८१ जनाबाट अन्तिम प्रतिस्पर्धामा १६ जना छानिएका हुन् ।

कला संस्कृतिको प्रवद्र्धनका साथै व्यक्तित्व विकासको महत्वपूर्ण प्लेटफर्मको रुपमा मिस तामाङ आयोजना गर्दै आएको बताउने ब्लोन भन्नुहुन्छ–‘फिजिकल विउटीभन्दा ब्रेन अर्थात बौद्धिक शुन्दरतालाई हामीले जोड दिने गरेका छौं,परम्परागत सामाजिक दृष्टिकोण बदलिदो छ,अहिले सकारात्मक रुपमा बुझ्नेहरु बढेका छन्,हामी यहि शनिबार २० गते दिउँसो २ बजे भव्य फिनाले गर्दैछौं,मिस तामाङ २०२३ मा सहभागि हाम्रा दिदीबहिनीहरुको प्रस्तुतीसहितको कार्यक्रम हेर्न सहभागिताका लागि सबैमा अनुरोध गर्छु ।’

यो फाइनल कार्यक्रमबाट यो पटक १५ औं मिस तामाङ छानिने निर्देशक लामाले जनाउनुभयो ।

काभ्रे,सिन्धुली,नुवाकोट,धादिङ,मकवानपुर,ललितपुर सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेर यि प्रतियोगीहरु प्रतिस्पर्धामा रहेकोमा अहिले भोटिङ राउन्ड चलिरहेको छ ।

प्रतियोगितामा सहभागि प्रतियोगि तामाङ युवतीहरु व्यक्तित्व विकास तथा युवामाफ समुदायको प्रतिनिधित्व गर्न आफूहरु तयार रहेको भन्दै उत्साहित देखिन्छन् ।

प्रतियोगी अङ्क १६ रहेका सिन्धुलीकी सिर्जना गोले तामाङ आधुनिकताको अनुसरणसंगै मौलिकताको संरक्षण र प्रबद्र्धन गर्नु युवाहरुको जिम्मेवारी रहेको बताउँदै यो जिम्मेवारीलाई बहन गर्न आफू सक्षम रहेको दावी गर्नुहुन्छ ।

कलाघर सिन्धुलीको सदस्य,नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेशको महिला सदस्य रहनुभएका गोलेले नेपाली मौलिक कला संस्कृति संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यले आफूलाई नेपालको नमुना राष्ट्रिय कला संग्राहलय कलाघर निर्माणको अभियान्ताको रुपमा उभ्याउँदै आउनुभएको छ ।

यस्तै खालका विभिन्न सामाजिक अभियानहरुमा जोडिएका र जोडिन इच्छुक १६ तामाङ युवतीहरु अहिले मिस तामाङ २०२३ को अन्तिम प्रतिस्पर्धामा रहेका हुन् ।

मिस तामाङ छनौट निर्णायक मण्डलको मुल्यांकनका साथै दर्शक एवं शुभचिन्तकको भोटिङ नतिजाको आधारमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिहरुले सामाजिक सञ्जलमार्फत पनि भोटिङका लागि आह्वान गरिरहेका छन् ।

भोट गर्न गुगलमा गएर GlobalOnlinePay.Com टाइप गरेर Miss Tamang 2023 प्रतियोगिको नाम र प्रतियोगि अंक टाइप गरेर फोनपे,मोवाइल बैंकिङ,इसेवा प्रभुपे लगायत आफूलाई सजिलो हुने सेबाबाट मन परेको प्रतियोगिलाई भोट गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !