कोषाध्यक्षमा प्रदेश सांसद ज्ञान बहादुर तामाङ 

काठमाडौं–बागमती प्रदेशका पूर्व कृषि मन्त्री एवं नेकपा एमालेका नेता दावा दोर्जे तामाङ लोकतान्त्रिक तामाङ संघको अध्यक्षमा चुनिनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको घटक संगठन लोकतान्त्रिक तामाङ संघ नेपालको शनिवार राति सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पुनः उहाँलाई सर्वसम्मत नेतृत्वको जिम्मेवारी दिएको हो ।

एमालेको राजनीतिक विचारसँग आबद्ध संघको उपाध्यक्षमा इमान सिं लामा,इन्द्र कुमार तामाङ,मान बहादुर तामाङ,धर्मेन्द्र मोक्तान,खड्ग बहादुर बम्जन,बेली लामा,मिन बहादुर गोले,अर्जुन लामा र विरमान तामाङलाई चयन गरिएको छ ।

महासचिवमा कृष्ण बहादुर तामाङले जिम्मेवारी पाउनुभएको छ भने उपमहासचिवमा विना मम्बा र सुनिल मोक्तान रहनुभएको छ । संघको सचिवमा तिर्थमान वलले जिम्मेवारी पाउनुभएको छ । त्यस्तै विपिन तामाङ,सोमर बम्जन,तेजमान ग्याबक,मान बहादुर वाइबा,वरी भल र विजय तामाङ पनि सचिव रहनुभएको छ ।

संघको कोषाध्यक्षमा एमाले नेता बागमती प्रदेशसभा सदस्य एवं सांसद ज्ञान बहादुर तामाङ सर्वसम्मत हुनुभएको छ ।

तामाङ संघका इन्चार्ज पूर्व युवा तथा खेलकुदमन्त्री एमाले नेता दावा तामाङको अध्यक्षतामा गठित बन्दसत्रका अध्यक्ष मण्डलले चयन गरेको विजय सिं लोप्चन प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा संघको संघीय कार्य समिति घोषणा गरेको हो ।

विधान अनुसार प्रदेशगत रुपमा तोकिए बमोजिमका केन्द्रिय सदस्यहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्षको सांगठनिक,कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गर्दै भएको बन्दसत्रद्वरा संशोधित विधान अनुसार १ सय ५१ सदस्यीय संघीय कार्यसमितिका साथै प्रदेश,स्थानीय पालिका र वडा समितिहरु समेत गठन हुनेछन् ।

दोस्रो राष्ट्रिय सम्मेलनले बागमती प्रदेश सम्मेलन आयोजक कमिटि समेत गठन गरेको छ । नारायण तामाङ अध्यक्ष र दिलकुमारी थिङ सचिव रहेको बागमती प्रदेश कमिटि समेत सर्वसम्मत गठन गरेको सम्मेलनको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व कानुन मन्त्री शेर बहादुर तामाङ हुनुहुन्थ्यो ।

प्रमुख अतिथि तामाङ,तामाङ संघका इन्चार्ज पूर्व मन्त्री दावा तामाङ,नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य एवं पूर्व सांसद शान्ति पाख्रिन लगायतका नेताहरुले निर्वाचित सबैमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुहुदै तामाङको मुक्ति तथा समग्र मुलुककै विकास,समृद्धिका लागि तामाङहरुलाई एमालेमा एकताबद्द गराउन भुमिका खेल्न आग्रह गर्नुभयो ।

सम्मेलनबाट पुनः निर्वाचित अध्यक्ष दावा दोर्जे तामाङले तामाङहरुको शिर उठ्ने काम आफूहरुले गर्ने प्रतिबद्धता जनाउनुभयो । २०६३ सालमा गठन भएको संघको पहिलो एवं ऐतिहासीक राष्ट्रिय सम्मेलनपश्चात आइतबार पहिलो कार्यसमितिको बैठक समेत सम्पन्न भएको अध्यक्ष तामाङले जनाउनुभयो ।

कसले के जिम्मेवारी पाए ? केन्द्रिय सदस्यहरुको नामावलीसहित हेर्नुहोस्र :

प्रतिक्रिया दिनुहोस !