कास्की-उल्लासका साथ पोखराको बराहिघाटमा ‘नेपालीआधुनिक संगीतमा १०० वर्ष’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली आधुनिक संगीतको ईतिहासको खोजि तथा अग्रजहरुको संगीत कर्मप्रति सम्मान जनाउन शुक्रबार आयोजित कार्यक्रम १ घण्टा ३० मिनेटसम्म चलेको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र गण्डकी प्रज्ञा प्रतिस्थानको स्थानीय व्यवस्थापनमा भएकोे उक्त कार्यक्रममा अग्रज कलाकार तथा स्रष्टाहरुले विभिन्न कालखण्डमा सिर्जना गरेका सुगम गीतहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उक्त ऐतिहासिक सिर्जनाहरुलाई कुन्ती मोक्तान,भिषण मुकारुङ,निसा देसार,दुर्गा परियार,सन्जय तुम्रोक,साजन राई ,रुपक चौधरी प्रस्तुति दिनु भएको थियोे भने शिला बहादुर मोक्तान,मनोहर सुनाम,भरत नेपाली,भरत बुडाथकी,गोपाल देव घतानी,धन बहादुर गुरुङ ,नरेश प्रजापति ,पोषन घर्तीले बाध्य वादनमा साथ दिनु भएको थियोे ।
करिब ५०० हाराहारीमा उपस्थित दर्शनहरुका माझ पर्दर्शित कर्यक्रम ऐतिहासिक,जानकारी मुलक,संगीतिक दस्ताबेज योग्य भएको सहभागिहरुको भनाई थियोे ।
२९ वटा प्रस्तुति रहेको उक्त कार्यक्रममा तरेलि साँस्कृतिक परिवारका नृत्य कलाकारले नेपाली चलचित्रको साङ्गितीक ईतिहासलाई सम्बोधन गर्दै चलचित्र माईतिघरबाट “वसन्त नै बस्न खोज्छ” र चलचित्र प्रेमपिण्डबाट “गैरि खेतीको शिरै हान्यौ” बोलको गीतमा नृत्य प्रस्तुति गरेका थिए ।
प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रमका समंयोजक प्राज्ञ अशोककुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ “रायन”प्रमुख अतिथि र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का “बेखर्ची”विशेष अतिथिको रुपमा रहनु भएको थियोे ।
कुलपति श्रेष्ठले स्थानीय व्यावस्थापनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई तथा सहभागि सम्पूर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिनुभयो । यस खालको कार्यक्रम सातै प्रदेश प्रदर्शन गरिने पनि जानकारी गराउनु भयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब मनकुमार श्रेष्ठले
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग यसरी ऐतिहासिक कार्यक्रममा हातेमालो गर्न पाएकोमा गौरवान्वित महसुस भएको र आगामी दिनमा पनि दुई सस्था बिच सहकार्य हुने बताउनुभयो ।
नयाँ पस्तालाई नेपाली संगीतको ऐतिहासिक पृष्ठभूमि र यस कालखण्डमा कस्ता कस्ता गीत सिर्जना भए ? को को गायक संगीतकार जन्मिए ? यसको जानकारीका साथै अग्रज कलाकारको संगीत कर्मको सम्मान र दस्तावेजिकरण गर्ने उदेश्यका साथ कार्यक्रम प्रदर्शन गरिएको कार्यक्रमका अध्यक्ष तथा समंयोजक अशोककुमार राई बताउनुभयो ।
प्रतिष्ठानमा आफ्नो ४ वर्षे कार्यकाल सकिनै लागेपनि अन्य संग संस्थासग सहकार्य गरि सातै प्रदेशमा यसखालको कार्यक्रम लैजाने जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव श्याम तमोट,प्राज्ञ हरिदेवि कोइराला,प्राज्ञ प्रजापति पराजुली,प्राज्ञ सरला पण्डे,प्राज्ञ कृष्णप्रसाद पौडेल,प्राज्ञ डिलकुमारी पौडेल,प्राज्ञ जयकुमार परियार, प्राज्ञ गज बहादुर गुरुङ,सचिव हेमराज सुवेदी,डा.सोम सापकोटा,अशोक पालिखे,गण्डकी प्रज्ञा प्रतिष्ठानका उप कुलपति गोरे गुरुङ,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पप्द्मराज ढकाल,सहित्यकार छवि सुवेदी, कार्यक्रमका आलेख लेखक बुलु मुकारुङ,विभिन्न संघ तथा वाङ्मय संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।