
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय सिमा दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको अन्तिम मतपरिणामको प्रतिवेदन पाएसँगै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिनुभएको हो ।
निर्वाचनमा कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेको उल्लेख गर्दै संविधान अनुसार संसदमा रहेका दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्न भन्नुभएको छ ।
हेर्नुहोस् सूचना :