
धुलिखेल–काठमाडौं विश्व विद्यालयको २८ औं दीक्षान्त समारोहको प्रथम चरणमा करिब १७ सय विद्यार्थी दिक्षित भएका छन् ।
बिहीबार आयोजित अठ्ठाइसौँ दीक्षान्त समारोहकाबाट विभिन्न विधाका ८ जना पीएचडी,८५ जना एमफिल,स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना दिक्षित भएका हुन् ।
दिक्षित हुनेमध्ये आट्र्सका २२० जना,एजुकेसनका २०२ जना,इन्जिनियरिङका २६ जना,लका ४० जना,म्यानेजमेन्टका ४६२ जना,मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् ।
दिक्षित हुनेमा १० दशमलब ९५ प्रतिशत नेपाल बाहिरका विद्यार्थी हुन् । १८६ जना उनिहरु अस्ट्रिया,क्यानडा,चीन,जर्मनी,भारत,इटाली,माल्दिभ्स,पोर्चुगल,रुस,सिङ्गापुर,स्पेन,श्रीलंका,ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका रहेका छन् ।
प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउबाको अध्यक्षता,वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको समारोहमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।
अहिलेसम्ममा काठमाडौं विश्वविद्यालयबाट विधाका ४० हजार ३८ जना उत्तीर्ण भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बताउनुभयो ।