काभ्रे-प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ(लालध्वज) विजयी हुनुभएको छ ।

माओवादी,नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी लगायतका पार्टीहरु सम्मिलित लोकतान्त्रिक बाम गठबनधनका साझा उम्मेदवार दोङ ३४ हजार ४ सय १२ मतका साथ विजयी हुनुभएको हो ।

शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं काभ्रे इञ्चार्ज समेत रहेका दोङले झण्डै ४ हजारको मतान्तरले जित हाँसिल गर्नुभएको हो ।

दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य प्रभावशाली युवा नेता रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गर्नुभयो ।

यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बन्नुभएको थियो ।

दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित हुनुभएको थियो ।

एमाले नेता लामा पनि जिल्लामा प्रभावशाली नेता मानिन्छ । संविधानसभा सदस्यका साथै स्थानीय विकास राज्यमन्त्री भएका लामाले यो पटक संसदको यात्रा तय गर्न सक्नुभएन ।

उहाँले गठबन्धनसँग टक्कर दिएर मात्रै भएपनि एमाले कार्यकर्ता पंक्तिमा उत्साह जगाएको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !