
पराकिलो मतान्तरसाथ विजयी
काभ्रे–काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार गोकुल बास्कोटा विजयी हुनुभएको छ । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री बास्कोटाले कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाईंलाई फराकिलो मान्तरले पराजित गर्नुभएको हो ।
बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभयो ।
जिल्लाको विकास निर्माणको पर्याय जस्तै बनेका बांस्कोटाले यो पटक माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,कांग्रेस लगायतका दलहरु सम्मिलित लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रेका हुमागाईंलाई पराजित गर्दै दोस्रो पटक संसदको यात्रा तय गर्नुभएको हो ।
बास्कोटाले २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यलाई झनै पराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गर्नुभएको थियो ।
त्यतिबेला आचार्यलाई १८ हजार ७ सय ५३ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका बास्कोटा केपी ओली नेतृत्वको शक्तिशाली सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री हुनुभएको थियो ।
२०७० को निर्वाचनमा कांग्रेसका कञ्चनचन्द्र बादेसंग पराजित भएका बास्कोटा २०७४ मा एमालेबाट बाम गठबन्धनको उम्मेदवार भई निर्वाचित भएयता काभ्रेको विकास र समृद्धिको सवालमा जिल्लामै लोकप्रिय हुनुहुन्छ ।