काभ्रे-प्रतिनिधिसभा १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका तिर्थ बहादुर लामा विजयी हुनुभएको छ ।

कांग्रेस,माओवादी,नेकपा एकिकृत समाजबादी लगायत दलहरु सम्मिलित लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले ३ मत बढि ल्याएर बागमती प्रदेशसभाको संसदिय यात्रा तय गर्नुभएको हो ।

उहाले १९२८० मत ल्याउँदा एमालेका चन्द्र लामाले १९२८७ मत प्राप्त गर्नुभयो ।

गठबनधनलाई नै कडा चुनौती दिएका लामाले सम्मानजनक हार बेहोर्नुपरेको हो । लामा यस अघि २०७४ मा भएको निर्वाचनमा एमाले माओवादिको बाम गठबन्धधनबाट उम्मेदवार भएको बेला यहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

कांग्रेस नेता गणेश लामालाई पराजित गर्दै प्रदेशको कृषि सहकारी तथा भुमि व्यवस्था मन्त्री समेत बन्नुभएका चन्द्र लामासँग प्रदेशसभा सदस्यको निर्वाचन लड्न आएका कांग्रेसका तिर्थ लामाको यो पटक भाग्य पल्टिएको हो ।

२०७० को संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका कांग्रेस नेता तिर्थ लामा २०७४ को संसदिय निर्वाचनमा भने प्रतिनिधिसभा क्षेत्र नं १ मा बाम गठबन्धनका उम्मेदवारसंग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !