काभ्रे-प्रतिनिधिसभा १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी बन्नुभएको छ ।

कांग्रेस,माओवादी,नेकपा एकिकृत समाजबादी लगायत दलहरु सम्मिलित लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका ढकालले एमालेका दिलिप तामाङलाई पराजित गर्दै पुन: बागमती प्रदेशको संसदिय यात्रा तय गर्नुभएको हो ।

मंसिर ४ मा भएको मतदानबाट प्राप्त मत गणनामा उहाँले २० हजार ७ सय २० प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दी एमालेका तामाङले ११ हजार २ सय ७० प्राप्त गर्नुभयो ।

ढकाल यस अघि २०७४ मा भएको निर्वाचनमा एमाले माओवादिको गठबन्धधनबाट उम्मेदवार भएको बेला पनि यहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !