झापा–प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत हिजो सम्पन्न मतदानपछि शुरु भएको मतगणामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमै दोब्बर भन्दा बढी मतको अग्रता कायम गर्नुभएको छ ।

६ हजार मतगणना भइसक्दा ओलीले ३ हजार २ सय १२ मत ल्याउन सफल हुनुभएको छ । उहाँलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत ल्याएका छन् ।

ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ मा आज मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको हो । ६ हजार वटा मतपत्र गनेर सकिएपछि नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत डम्बर काफ्लेले बताउनुभएको नेपाल खबरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस !