सर्स्यूंखर्क-काभ्रेको तेमाल गापा १ सर्स्यूंखर्कमा शान्तिपूर्ण तवरले मतदान सकिएको छ । विहान सवा ८ बजे सुरु भएको मतदान भयरहित तथा शान्तपूर्ण देखिएपनि मतदाताको उत्साहजनक सहभागिता देखिएन ।

वडा नं १ को मल्लवी आवि मतदान केन्द्रमा भएको मतदान प्रक्रियामा ८६० जना सहभागि भए । गत स्थानिय तहको निर्वाचनको बेला भन्दा २ सय बढि मतदाता संख्या वडामा रहेपनि त्यसको आधा संख्या पनि मतदान गर्न आएनन् । वडामा १ हजार ८ सय १३ मतदाता रहेकामा ८६० जनाले मात्रै संसदीय निर्वाचनमा भाग लिएको वडा अध्यक्ष ईन्द्र अधिकारीले जानकारी दिनुभयो ।

क मतदान केन्द्रबाट महिला १८२ र पुरुष २५३ तथा ख मतदान केन्द्रबाट १९८ महिला र २३७ पुरुषले मतदान गरेको उहाँले बताउनुभयो ।

गत स्थानिय तहको निर्वाचनमा यो वडाबाट १ हजार २ सय ४३ मत खसेको थियो ।

“स्थानीय तहको निर्वाचनको जस्तो माहोल नै देखिएन,कतिले नभ्याउने भने,कति त विदेश पुगे,यो पटकको चुनावमा जनचासो नै कम देखियो ।”-राजनीतिक दलका एक स्थानीय नेताले भने । यस वडामा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी,राप्रपा,नेकपा एकिकृत समाजवादी लगायता दल क्रियाशिल छन् ।

यो पटक माओवादी,कांग्रेस,समाजवादी लगायतका दल(लोकतान्त्रिक बाम गठबन्धन)का तर्फबाट माओवादीका सूर्यमान दोङ प्रतिनिधिसभा सदस्य,प्रदेशसभा क बाट माओवादीकै रत्न ढकाल प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ भने एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा रेशम लामा र प्रदेशसभा क बाट दिलिप तामाङ प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा देखिएका धन बहादुर तामाङ र राप्रपाबाट पूर्ण बहादुर बिक भने यहि वडाबासी समेत हुनुहुन्छ । यद्यपी चुनावी माहोल खासै नदेखिएको स्थानीय बुद्दिजीवि बताउँछन् ।

कांग्रेस, माओवादी,समाजवादीको गठबन्धन भएको,वडामा संगठन बलियो रहेको पार्टीले आफ्नो दलको उम्मेदवार नपाएका कारण पनि उत्साह कम भएको हुनसक्ने देखिन्छ, गठबन्धनको सोचेअनुसारको सफलता वा असफलता के हो यसबाट पनि केहि सन्देश जाने बुद्दिजीविहरुको भनाई छ ।

तेमाल २ नं वडा चुखामा १ हजार १ सय ५७ मत खसेको छ । २ हजार ३ सय बढि मतदाता रहेको यो वडामा पनि ५० प्रतिशतले पनि मत हालेनन् ।

प्रतिक्रिया दिनुहोस !