काठमाडौं-

मतदाता पूभावित पार्न खोज्ने शहरी विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
चुनावको मुखमा मतदाता प्रभावित गर्ने गरी सहरी विकास मन्त्रालयले हालै स्वीकृत गरेका सातवटा योजना बदर गर्न समेत निर्देशन दिएको छ।

मन्त्रालयद्वारा हालै स्वीकृत सात विभिन्न योजनाहरू बदर गर्ने निर्देशन दिइएको आयोगले स्पष्ट पारेको छ। सचिव रमेशकुमार सिंहलाई शुकरबार पत्र लेख्दै आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो।  मन्त्रालयले यही मंसिर १ गते सचिवस्तरीय निर्णयबाट विभिन्न सातवटा योजनाहरू स्वीकृत गरेको जानकारी आयोगलाई गराएको थियो।

‘यस विषयमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्ने गरी त्यस मन्त्रालयको मंसिर १ गतेको सचिवस्तरबाट भएको निर्णय बदर गरी त्यसको जानकारी ढिलोमा मंसिर ३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानामा पठाउनु हुन’, आयोगले भनेको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल कान्तिपथमा स्वयम् उपस्थित भइ लिखित स्पष्टीकरण पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ।’

आयोगले निर्णय गर्ने अधिकारीलाई निर्वाचन आयोगबाटै कारवाही प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिएको छ

२४ घण्टे स्पष्टीकरण माग

आयोगले सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मतदाता प्रभावित गर्ने गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको समाचार सार्वजनिक भएपछि आयोगले शुक्रबार डा. सिंहलाई स्पष्टीकरण सोधेको हो।

आयोगले यसबारे मुख्य सचिव शंकरदास वैरागीलाई समेत पत्र लेख्दै सहरी विकासमन्त्रीको दाङ भ्रमणबारे जानकारी गराइदिन आग्रह गरेको छ।

‘सहरी विकास सचिव रमेश सिंहले दाङ पुगेर मतदातालाई प्रभावित गरेको जानकारी प्राप्त भएको सम्बन्धमा यो पत्र लेखिएको छ’, आयोगले भनेको छ, ‘उल्लेखित सन्दर्भमा निज नियमानुसार बिदा वा काज स्वीकृत गराई दाङ गए नगएको सम्बन्धमा जानकारी उपलब्ध गराइदिनुहुन निर्णयानुसार अनुरोध छ।’

सहरी विकास मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उठेका छन्। उनैलाई सघाउन सचिव सिंह पनि मतदाता प्रभावित गर्ने गरी उक्त क्षेत्रमा पुगेको समाचार आएको थियो।

के भएको  हो ? 

निर्वाचनको मुखमा सहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोली मन्त्री चौधरीलाई सघाउन सुटुक्क दाङ पुगेको थियो। सचिव सिंहसहितको टोली दाङ आएको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ताहरुले उनी बसेको होटलमै घेराउ गरेका थिए।

दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका चौधरीलाई चुनावमा सघाउन आएको आरोप लागेको थियो। त्यहीकारण एमालेनिकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले बुधबार राति सचिव सिंहसहितको टोली बसेको होटलमा घेराउ गरेका थिए।

होटल घेराउ गरेपछि राति साढे १ बजे नै कडा सुरक्षाबीच मन्त्रालयका सचिवको टोलीलाई प्रहरीको टोलीले उद्धार गरेको थियो।

सचिव सिंहसहितको टोली बुधबार राति १ : ३० बजे गाडीमा होटलबाट बाहिरिएको थियो। सचिव सिंहसहितको टोली राति नै होटलबाट बाहिरिँदै गरेको फोटो र भिडिओ सार्वजनिक भइसकेको छ।

चुनावको मुखमा मतदाता प्रभावित गर्नेगरी मन्त्री चौधरीको निर्वाचन क्षेत्रमा मन्त्रालयको कर्मचारी आएपछि घेराउ गरिएको एमालेका नेता जगत पोख्रेलले बताएका थिए।

दाङ पुगेको सचिव सिंहसहितको मन्त्रालयको टोली बुधबार राति भालुवाङस्थित होलट पौवामा बसेको थियो। तर एमालेका कार्याकर्ताहरुले घेराउ गरेपछि मन्त्रीसँग भेट नगरी उनीहरु हिँडेको खुलेको थियो।

from nepalkhabar.com

प्रतिक्रिया दिनुहोस !