काभ्रे–मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल तातेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सह इञ्चार्ज रेशम लामा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमाले नेतृत्वले अघि सारेको र निर्वाह गर्दै आएको राष्ट्रियता र जनजीविकाको एजेण्डामा शतप्रतिसत सहमत भएर लामा २०७४ सालमै राप्रपाको महामन्त्री त्यागेर एमाले प्रवेश गर्नुभएको हो । देउवा नेतृत्वको सरकारको मन्त्री पद एकसाथ त्यागेर एमाले प्रवेश गरेका लामा काभ्रेको राजनीतिमा थप प्रभावकारी भूमिकामा देखिन आतुर हुनुहुन्छ ।

२०२९ सालमा नमोबुद्ध दाप्चामा जन्मिएका लामा स्पष्टबक्ता,बफादार,हिम्मतिला,आँटिला,फुर्तिला व्यक्तित्वका धनी हुनुहुन्छ । युवादेखि बुढापाका सम्मको मनको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका लामा काभ्रेको राजनीतिमा निकै खारिएका प्रतिभा मानिन्छ ।

करिब ३ दशकदेखिको सकृय राजनीतिक जीवनमा काभ्रेको माटो र यहाँका जनताको भावनासँग राम्रोसँग भिजेका लामाको अबको यो पुस्ताबाट नै समृद्ध समाज निर्माण सम्भव रहने दृढ संकल्प छ । त्यसैले असल पुस्ताको आचरण र विकासमार्फत समाज रुपान्तरणमा जोड दिनुहुन्छ ।

राजनीतिलाई पेशा बनाउनुहन्न,सेवाका लागि हुनुपर्छ भन्ने मान्यतामा अडिग लामा आफू सदैव जनताको सेवामा समर्पित रहने बताउनुहुन्छ ।

शसस्त्र युद्धको पृष्ठभूमिबाट उदाएका माओवादी नेता सूर्यमान दोङ (लालध्वज-लोकतान्त्रिक बाम गठबन्धन) सँग चुनावी प्रतिस्पर्धामा रहेका लामाको आफ्नै ओझिलो व्यक्तित्व, एमालेले अघि सारेको विकास र समृद्धिका नीति तथा योजना,तिनको कार्यन्वयन गर्नसक्ने नेतृत्वका कारण जीत सहजै हुने एमाले कार्यकताहरु बताउँछन् ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी पार्टी लगायतको गठबन्धनबाट उम्मेदवार बनेका लालध्वजको उत्तम विकल्प जनताले रेशम लामाबाट नै पाउने उनिहरुको दावी छ । क्षेत्र नं. १ मा बहुदलिय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि भएका निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुको लामो समय भोगेका यहाँका जनताले यो पटक लामालाई रोज्नुको पछाडि विकास र समृद्दिको चाहाना नै  देखिन्छ ।

‘यसअघि धेरैलाई हेरियो तर भनेजस्तो केहि गरेनन्,न बाटो गतिलो,न खानेपानी न गुणस्तरीय शिक्षा न त युवालाई रोजगारी नै ।’,काभ्रे तेमालका एक युवा भन्छन्,–‘२०६४ मा लालध्वजलाई जिताईयो,२०७० मा तिर्थ लामालाई हेरियो,२०७४ मा बमध्वजलाई साथ दिईयो तर भन्न लायकको केहि काम देखिएन तयसैले यो पटक हाम्रो भुगोलका लागि रेशम लामा नै उपयुक्त देखियो ।’

एमालेको घोषणापत्र र रेशम लामाको उर्जाशील व्यक्तित्व नै आफूहरुको भावना सम्बोधन गर्ने विश्वासिला आधार मान्न सकिने उनको भनाई छ ।

कृषि,श्रम,रोजगार,प्रविधि,पूर्वाधार विकास,प्रशासन संयन्त्र,स्वास्थ्य,शिक्षा,जलविद्युत,खानेपानी,सिञ्चाईं,सामाजिक सुरक्षा,युवा,महिला,दलित तथा जनजाति,राष्ट्रियता लगायतका मुद्धामा एमालेको नीति तथा कार्यक्रम अरु दलका भन्दा उत्तम रहेको क्षेत्र नं. १ का स्थानीयको धारणा छ ।

स्वस्थ प्रतिस्पर्धामार्फत नै लोकतान्त्रिक पद्धति अवलम्बन गरी प्रतिनिधि छान्ने कार्य यो आवधिक निर्वाचनबाट हुनुपर्छ । तर काभ्रेमा गठबन्धन आवद्ध रहेका दल(विशेष गरी) नेकपा माओवादी केन्द्रको टाउको दुखाईको विषय नै बनेको छ एमाले र एमाले उम्मेदवार लामा ।

गठबन्धन दलका नेता कार्यकर्ता(विशेष माआवादी)हरु आफ्नो घरदैलो अभियानको समय जनताको समृद्धिको एजेण्डा छाडेर एमालेलाई गाली गरेर विताईरहेका छन्,उनिहरु एमाले उम्मेदवारको मानहानी र गालीगलौच गर्न पछि परेका छैनन् तर रेशम लामा र एमाले कार्यकर्ताहरु आगामी ५ वर्षमा एमालेले गर्ने विकासका नीति,कार्यक्रम लिएर गाउँ पुगिरहेका छन्,हिजोका केहि अधुरा कामको निरन्तरता र अब थप सशक्त ढंगले यो माटो र यहाँको जनतामै समर्पित हुने विश्वास स्थापित गरिरहेका छन् ।

काभ्रेमा गत स्थानीय निर्वाचन परिणामलाई आधार मानेर यो पटकको नतिजा नआउने बुद्धिजीवि बताउँछन् । उनले भने –‘त्यो बेलाका अंकगणीत यो पटक मिल्दैन,विश्वास एमाले उम्मेदवार रेशम लामाले जोड्नुभएको छ । त्यसैले उहाँले जित्ने सम्भावनाहरु फराकिला हुदै गएको छ ।’

स्थीर सरकारमार्फत समग्र मुलुककै समृद्धिको एजेण्डा बोकेको एमालेप्रति क्षेत्र नं. १ का जनताको विश्वास झनै बढेको पाईएको अभियानमा भेटिएका एमाले जिल्ला सचिवालय सदस्य जेनिश लामाले स्पष्ट पर्नुभयो ।

उहाँले भन्नुभयो–‘स्थानीय कार्यकर्तादेखि जनमानससम्म उत्साह देखिन्छ,आफ्नो क्षेत्रको विकास गर्न सक्ने पार्टी र प्रतिनिधिको रुपमा एमाले र एमाले उम्मेद्वारलाई भरोशासाथ मत दिएर त्यो अभिभारा दिनुहुन्छ भन्ने हाम्रो विश्वास बलियो भएको छ ।’

लामा भरखरै काभ्रेको कोशीपारीका जनताको घरदैलो पुगेर फर्किनुभएको छ । विकासको हिसावले विकट मानिएका जिल्लाको डाँडापारीदेखि कोशीपारी क्षेत्रसम्मको घरदैलो पुगेर फर्किनुभएका लामासँगको यो संवाद-from ramrosandesh.com-यस्तो छ :

  • निर्वाचनको सन्दर्भमा अहिलेसम्मको घरदैलो अभियानको अनुभव र जनताको प्रतिक्रिया कस्तो रह्यो ?

भर्खरै काभ्रेको कोशीपारीको घरदैलो अभियानबाट फर्केका छौं । त्यहाँको भुगोल मेरो लागि नौलौ थिएन । म यसअघि पनि पटक पटक त्यहाँका ठाउँहरू पुगेको छु । राजनीतिक,सामाजिक संवाद गरेको छु । यसपाली त्यो सम्बन्धको नविकरण भएको छ । सबैलाई थाहा भएको कुरा हो एमालेको वडा र टोल तहमा कमिटिहरू छन् । पिपलका जराजस्तै फैलिएका सञ्जालहरू छन् ।

यो बलियो साङ्गठनिक संरचनाका करण पनि स्थानीय जनतासँग भेटघाट गर्ने कार्यक्रम व्यवस्थित तरिकाले आयोजना भएको थियो । एउटा नयाँ विकल्पका रूपमा रेशम लामा र दिलिप लामालाई मत दिएर पठाउने त्यहाँका तमाम आमा९बुवा, दिदी९बहिनी, युवा, जेष्ठनागरिक, समाजसेवीहरूले बताउनु भएको छ । हामी उहाँहरूको विश्वासलाई मर्न नदिने सङ्कल्प गरेर फर्केका छौं ।

  • कोशीपारी नेकपा माओवादी केन्द्रको पकड रहेको भुगोल भनिएको छ । अहिले कसरी एमालेको पक्षमा जनता आकर्षित भए भन्न सकिन्छ ?

आम निर्वाचन भनेको जित्ने जिताउने खेल मात्रै होइन । राजनीतिक बेइमानीलाइ चिर्ने अवसर पनि हो । कोशीपारी जस्तो माटो,हावापानी, प्राकृतिक सुन्दरता र त्यहाँका सफा मान्छेहरूलाई गुमराहमा राखी दुर्गम, अशिक्षित, दुखैदुखको क्षेत्र भनेर नेकपा माओवादी केन्द्रका साथीहरूले जुन भ्रमपूर्ण प्रचार गर्नु भएको छ, त्यो जनतामाथीको भयानक राजनीतिक बेइमानी हो । यही दुख कष्ट बिक्री गरेर केही नेताहरू राजनीतिक व्यापार कायम राख्न चाहन्छन् । एउटा सभ्य, स्वतन्त्र र संभावनायुक्त भुगोललाई अपव्याख्या गर्दै भोट कुम्ल्याउने उनीहरुको खेल समाप्त पारेर आएका छौं । अब कोशीपारीको जनमत एमालेको पक्षमा ।

  • के थियो र माओवादीको त्यो सबै मेरो भन्ने एजेण्डा ?

स्वतन्त्र जनतालाइ गुमराहमा राख्नेको एजेण्डानै हुँदैन । नेकपा माओवादी केन्द्रको जन्मजात चरित्र भनेको सबथोक मै हुँु भन्ने हो । उनीहरूले कोशीपारीको मुक्तिदाता आफू हौं भनेका थिए । तर जनयुद्धकालीन सहिद यानप्रसाद गौतम लगायत चौंरी देउरालीमा मारिएका ३२ भन्दा बढी सहिदको सपना साकार पार्नेतिर उनीहरूको ध्यान छैन । हामीले सहिद परिवारलाई भेटेर आयौं । उहाँहरूको बेस्सरी चित्त दुखेको छ ।

भोटको लालसाले सहिद परिवारको घरमा पुगेर फोटो खिचेर फर्किने बाहेक माओवादी उमेदवारहरूले सहिदको सम्मान हुने काम के गर्न सकेको छ र ?वाङथली, नाग्रीतिरको बाटोको अवस्था हेर्नुस नाजुक छ । एमालेले शुरू गरेको मादनकुँडारी चौंरीखोला खानेपानी लिफ्टिङ र सिँचाई पुरा हुन दिएका छैनन् ।

पाथीभरा चौंरी खोलाको लिफ्टिङको कामप्रति वेवास्ता छ । मध्यपहाडी लोकमार्गले सर्लकक्क बेरेको चौंरी देउरालीलाई पर्यटनको विकास गराउने कुरामा कुनै योजना ल्याउन सकेका छैनन् । यसरी केही नगर्ने तर सब मैले गरेको भन्ने केही कथित नेताहरूले हिँजोसम्म आफ्नो कमजोरीलाई सोलीले छोपेर राखेका थिए । जब सोली सकेर डोकोले छोप्न थालियो, तब उनीहरूको वास्तविकता सबैले थाहा पाए ।

  • यसको मतलब काभ्रेको कोशीपारी राम्रा नेतानै छैनन् त ?

छन् किन नहुनु । नेकपा माओवादी केन्द्रकै साथीहरूनै निर्वाचित भएका आफ्नै नेताहरूको सामन्ती प्रवृत्तिबाट वाक्क दिक्क छन् । नेपाली काङ्ग्रेसका साथीहरू जो मत हाल्ने ठाउँसमेत खोसिएर निराश छन् । नेकपा क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य भोजबहादुर स्याङ्तान लगायत करिव १५ जना साथीहरू त हामी पुग्नासाथ एमालेमा समाहित हुन आउनु भयो । यसरी फरक फरक दलका राष्ट्रवादी र इमान्दार नेता कार्यकर्ताकै सदासहायताले नेकपा एमालेले काभ्रेको कोशीपारीबाट आफ्नो पक्षमा जनमत थप विस्तार गरेको छ ।

  • कोशीपारीलाइ सुगम बनाउने तपाइँका योजना के के छन् त ?

कोशीपारीलाई अरूले जस्तो दुर्गम भनेर अपव्याख्या गर्न चाहन्नौ । र अर्को कुरा अरू पार्टीले जस्तो त्यो सुन्दर क्षेत्रलाई लादिएको विकास दिन चाहन्नौ पनि। हामी जनताको आधारभूत तहसम्म सञ्जाल भएको पार्टी भएकोले कमिटिका जनसेवक कमरेडहरू मार्फतनै त्यहाँको आवश्यकताको खाका बनाउने काम भइसकेको छ । जनताले चाहेको कुरा पुरा गर्नु विकास हो । माथीबाट थोपरेको योजनाहरू अहिलेपनि चौंरी देउरालीमा अलपत्र छन् । अर्को कुरा, चौंरी देउराली यस्तो भुगोल हो जुन भुगोल सिन्धुपाल्चोक, दोलखा र रामेछापसँग जोडिएको छ । छिमेकी जिल्लाहरुसँग अन्तर बजार निर्माण गरेर, अन्तर पर्यटन जोडेर, उत्पादन, जनशक्ति र बजारको समेत विनिमय गररे कोशीपरीको समाजले अझै लाभ लिन सक्छ ।

अर्को कुरा, त्यहाँ कृषि अनुसन्धान केन्द्र स्थापित गरी आधुनिक कृषि प्रणालीमा लैजाने एमालेको योजनाको तारिफ भएको छ । देउरालीको पाथीभरा मन्दिर, साँगासोतीदेखि नाग्रेको खाँडादेवी मन्दिर, कोइलीबगरदेखि शैलुङ रामेछाप लगायत सल्ले भुम्लुको सुन्दर हरित क्षेत्रलाइ पर्यटकीय विकासका योजना सुनाएर फर्केका छौं । एमालेको योजनाप्रति मतदाता उत्साहित छन् ।

मूलत सबै कुराको संभावनालाइ अघि बढाउन खानेपानी र सडकबाटोको स्तरोन्नति सबैभन्दा प्राथमिकतामा राख्नुपर्छ । त्यो कुरामा चौंरी देउरालीका जनतासँग सहमति गरेका छौं । कोशीपारीको तल्लोबेल्टको मोटरबाटोको स्तरोन्नतिका लागि रेशम लामा र दिलिप लामालाई जिताउने अभिभारा उहाँहरूले लिनु भएको छ । चुनावका बेलामा राजनीतिक प्रतिस्पर्धा भएपनि विकासका सवालमा भने सबै दल र आस्थाका जनतासँग साझेदारीता गर्ने सङकल्प हामीले राखेका छौं ।

धन्यवाद यो संवादका लागि ।

धन्वयाद ।

प्रतिक्रिया दिनुहोस !