काभ्रे–नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ तथा क्षेत्र नं. १ प्रदेशसभा(ख) तर्फका उम्मेदवारहरु विकासका एजेण्डा तथा नीति बोकेर पनौतीबासीको घरदैलोमा पुगेका छन् ।

जिल्लाको चौंरीदेउराली गाउँपालिकाको घरदैलोबाट फर्के लगत्तै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रेशम लामा,प्रदेशसभा (ख)का उम्मेद्वार चन्द्र लामासहितका एमाले नेता कार्यकर्ताहरु सोमबारदेखि पनौती पुगेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सन्दर्भको घरदैलो अभियानको क्रममा पनौतीका दाजुभाई दिदीबहिनी आमाबुबाहरुको गुनासो र आवश्यकता बुझ्नका साथै आगामी ५ वर्षका लागि एमालेको विकास योजनाको एजेण्डा लिएर पुगेको नेकपा एमाले जिल्ला सचिवालय सदस्य जेनिश लामाले जनाकारी दिनुभयोे ।

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रेशम लामाले एमाले देश र जनताको पहरेदार हो भन्ने कुरा जनमनमा पुगेको बताउँदै जनताको सर्वाेत्तम हितका लागि काम गर्न जनादेश आवश्यक रहेकोले साथ दिन आग्रह गर्नुभएको उहाँले जनाउनुभयो ।

एमालेले ७४ को निर्वाचन तथा गत स्थानीय चुनावका क्रममा गरिएका प्रतिवद्धताहरुलाई पूर्णता दिन पनि एमालेले जित्न आवश्यक रहेको बताउँदै संविधानसभा सदस्य तथा पूर्व मन्त्री समेत रहेका लामाले एमालेले आरम्भ गरेको विकास निर्माण,कार्यक्रम,समृद्धिको अभियानलाई पूर्णता दिन एमालेलाई जिताउन जनतामाझ अनुरोध गर्नुभयो ।

क्षेत्र नं. १ अन्र्तगत प्रदेशसभा(ख)का उम्मेदवार चन्द्र लामाले यसअघि जितेदेखि जनताको साथमै रहेको बताउंदै आफ्नो पहलकदमीमा शुरु गरिएका विकास योजना र थप योजनागत नीति निर्माण तथा कार्यन्वयनमार्फत यहाँको मुहार फेर्न जनताले मत दिने विश्वास व्यक्त गर्नुभयो ।

एमालेकै नेतृत्वमा सडक पूर्वाधार,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,युवा तथा खेलकुद क्षेत्रका साथै सामाजिक विकासको पाटोमा महत्वपूर्ण कामहरुहरु अघि बढेको स्पष्ट पार्दै एमाले उहाँले समृद्धिको पक्षमा रहेका जनताले एमालेमाथि गरेको भरोशालाई थप शसक्त ढंगले काममा परिणत गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।

घरदैलोमा पुगेका सुर्यध्वजावहाक उम्मेदवारहरुलाई स्थानीयले आर्शिवाद दिएका छन् । विकास र समृद्धिको एजेण्डा बोक्ने र त्यसलाई कार्यन्वयन गर्ने विश्वास पनि एमालेप्रति रहेको भन्दै स्थानीयहरुले आफूहरुको साथ रहने प्रतिक्रिया दिएका छन् ।

उम्मेदवार द्धयले पनौती क्षेत्रको सांस्कृतिक पर्यटन विकास,दुग्ध उत्पादक,पशुपालन तथा समग्र कृषि क्षेत्रको विकास,सडक पूर्वाधारको स्तरउन्नती,शिक्षा तथा खेलकुद र युवा रोजगारका क्षेत्रमा नमुना विकास गर्ने योजना एमालेसँग रहेकोले यसमा साथ दिन अनुरोध गर्नुभएको थियो ।

स्थीर सरकारमार्फत समग्र मुलुककै समृद्धिको एजेण्डा बोकेको एमालेप्रति पनौतीबासीको विश्वास झनै बढेको पाईएको एमाले जिल्ला सचिवालय सदस्य जेनिश लामाले स्पष्ट पर्नुभयो ।

उहाँले भन्नुभयो–‘स्थानीय कार्यकर्तादेखि जनमानससम्म उत्साह देखिन्छ,आफ्नो क्षेत्रको विकास गर्न सक्ने पार्टी र प्रतिनिधिको रुपमा एमाले र एमाले उम्मेद्वारलाई भरोशासाथ मत दिएर त्यो अभिभारा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस !