नमोबुद्ध संवाददाता

धुलिखेल–आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । ‘विश्व स्तनपान सप्ताह २०७९ः स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको छ हरेक वर्ष अगष्ट १ देखि साताव्यापी संचालन हुने गर्दछ ।

कुनै पनि बच्चाको लागि आमाको दुध अमृत समान हुन्छ । चिकित्सकहरुका अनुसार कुनै पनि बच्चालाई जन्मेको १ घण्टाभित्रमा आमाको बिगौती दुध खुवाउनु पर्दछ, यसले बच्चालाई रोगसंग लड्ने क्षमता बढाउछ ।र छ महिनासम्म आमाको दुधमात्र तथा  कम्तिमा २ वर्षसम्म आमाको दुध संगै अतिरिक्त खानेकुरा खुवाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले ५ जनामध्ये ३ जना बच्चाले पहिलो १ घण्टामा स्तनपान नगरेको तथ्याङक सार्वजनिक गरेको छ ।

विश्व स्तनपान सप्ताहलाई अझ बढि जनचेतना बढाउनका लागि विभिन्न स्थानबाट विभिन्न किसिमका कार्यक्रमहरु पनि संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !