काभ्रे–कलाको विकास एवं कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता शुरु गरेको छ ।
कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उहाँले प्रतियोगीतामा सहभागी हुन चाहनेले भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्ने जानकारी दिनुभयो ।
नगद ८ लाख ८५ हजार रुपैँया पुरस्कारको व्यवस्था
जिम्बाका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार,द्धितीय पुरस्कार (२ जना)ले प्रतिव्यक्ती नगद १ लाख रुपैयाँ र तृतीय पुरस्कार (३ जना)ले प्रतिव्यक्ती नगद ७५ हजार रुपैँया पाउनेछन् । त्यस्तै चौथो पुरस्कार (४ जना)ले प्रतिव्यक्ती नगद ४० हजार र पाचौं पुरस्कार (५ जना)ले प्रतिव्यक्ती नगद ३० हजार रुपैँया प्राप्त गर्ने छन् । प्रतियोगिताका प्रथम,द्धितीय सहित पाँचौ पुरस्कार गरी १५ जना विजेताहरुका लागि नगद ८ लाख ८५ हजार रुपैँया पुरस्कारको व्यवस्था गरिएको आयोजकले स्पष्ट पारेको छ ।
कम्पनीले नेपाल सरकारको नियम अनुसार पुरस्कारमा लाग्ने कर भने विजेता स्वयंले ब्यहोर्नु पर्ने जनाएको छ ।
एसवाई प्यानल कम्पनीका महाप्रबन्धक शशी साहले प्रचारप्रसारको सबैभन्दा सजिलो माध्यम टिकटक जस्ता समाजिक संजाल नै भएकाले टिकटकमा भिडियो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । साहले भन्नुभयो, ‘प्रतियोगिता खुला रूपमा र पुरस्कार राशी पनि राम्रो राखिएको हुँदा धेरै प्रतियोगीहरु आवद्ध हुन्छ भन्ने अपेक्षा छ ।’
साहले प्रतियोगितामा उत्कृष्ट भिडियोहरुलाई छनोट गरि ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, शेयरसँगै कमेन्टको आधारमा विजेताहरु घोषण गरिने जानकारी दिनुभयो ।
यस्तो छ नियम/सर्तहरु :
कम्पनीले भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन् । जसमा प्रतियोगीले टिकटकमा बनाएको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने छ । टिकटक भिडियो एकल वा समुहमा पनि बनाउन सकिने छ । टिकटक बनाईसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गरिनुका साथै ह्यासट्याकको रुपमा #synepal #sayyes प्रयोग गर्नु पर्ने छ ।
कम्पनीले तोकिएको ओरिजिनल साउन्डमा बाहेक अरुमा भिडियो बनाउन नपाउने सर्त राखिएको छ । प्रतियोगिताका विजेताहरुलाई भदौ १० गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।
फेब्रिकेटेडको प्रयोग गरी घर,संघ÷संस्थाको भवन लगायत निर्माण गरिरहेको एसवाई प्यानल नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । टिकटक प्रतियोगिताले कम्पनीको सेवालाई जनमानसमा थप जोड्न र विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ ।