शिशिर दोङ

तेमाल २ लामवगर स्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बुधवार विहान ११ वजे तिर वेपता भएका दुई बालकको खोजी कार्य जारी छ । स्थानिया प्रहरी चौकी पचुवारटघाटका हवल्दार राजन खड्कका अनुसार दिनभर खोजी गर्दा पनि वेपता बालकहरु भेटिएका छैनन् ।

खोजी कार्यलाई प्रभावकारी वनाउन पाँचखालबाट शसस्त्र प्रहरी टोली र कातिके देउराली प्रहरी चौकीबाट इन्स्पेक्टर कमला नरालका टोली समेत खटेका छन् । खोजी कार्यलाई विहीबार विहान ६ वजे देखि पुन सुचारु गरिने हवल्दार खड्काले जानकारी दिनु भयो ।

वेपता हुनेमा तेमाल ३ चैथलिका सोम माझीका ११ वर्षिय छोरा समिर माझी र कुल बहादुर माझीका ८ वर्षिय छोरा कान्छो माझी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !