काठमाडौं–विधान संशोधन गर्दै उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) को एकल अध्यक्ष बन्नुभएको छ ।
यसअघि दुई अध्यक्षको व्यवस्था रहेको जसपाको वीरगन्जमा दुई दिन चलेको बसेको केन्द्रीय समितिको तेस्रो बैठकले विधान संशोधन गरी एकल अध्यक्षात्मक व्यवस्था गरेपछि यादव पार्टीको एकल अध्यक्ष बन्नुभएको हो ।
१ साउन २०७८ मा जसपा विभाजन गरी महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि एउटा अध्यक्ष पद रिक्त थियो । सोही रिक्त पदमा अशोक राईलाई ल्याउन संघीय परिषद अध्यक्ष डां बाबुराम भट्टराईले प्रस्ताव गर्नुभएको थियो । तर यहि विषयदेखि जसपामा विवाद बढ्दै जाँदा जसपा लगभग विभाजन नै भएको छ ।
नेता अशोक राईले फाईदा पाएपनि भट्टराईले सामुहिक नेतृत्वको अभ्यासका लागि गरिएको पहल सफल भएन । भट्टराईलाई कारवाही गरिएको छ ।
राईले भट्टराईको स्थान संघीय परिषद अध्यक्ष पद पाउनुभएको छ । आफूलाई अघि सार्ने नेता भट्टराईलाई साथ नदिएका राईले उल्टै भट्टराईको पद पाउनुभएको हो ।
संघीय परिषद अध्यक्ष रहेका बाबुराम र उहाँ पक्षीय नेतालाई जसपाले कारबाही गरेको हो ।
भट्टराईले जसपा पुनर्गठन गर्ने गरी २८, २९ असारमा केन्द्रीय समितिको बैठक राखिसक्नुभएको छ,जसले जसपा विभाजनको सन्देश दिईसकेको छ ।