चौंरीउदेउराली–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले एम्बुलेन्स पाएको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकाले उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेको हो । एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको छ।
‘गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भन्नुभयो, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’
जिल्लाको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौंरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गर्नुभएको थियो ।