काभ्रे–स्थानीय तहको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित बेथानचोक गाउँपालिकाका जनप्रतिनिधिहरु जेसिज संस्थाद्धारा सम्मानित भएका छन् । बेथानचोक जेसीज २०२२ ले गाउँपालिकाका नागरिकहरुको समृद्धिका लागि लाग्न प्रेरित गर्ने उदेश्यले हालै नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको जनाएको छ ।
गाउँपालिका नव निर्वाचित अध्यक्ष भगवान अधिकारी,उपाध्यक्ष तारा राना तिमल्सिना,वडा अध्यक्षहरु,सदस्यहरुलाई नेपाली काँग्रेसका बागमति प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेको बाहुलीबाट सम्मानित गरिएको बेथानचोक जेसीज २०२२ संयोजक मोहनकृष्ण तिमल्सिनाले बताउनुभयो ।
।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बादेले जेसीजले लिएको उदेश्य अनुरुप कार्य गर्ने विश्वस व्यक्त गर्दै जनप्रतिनिधिहरुलाई जनताको सेवामा दत्तचित्त हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्मानित हुनुभएका गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जेसिजको सम्मानले उर्जा मिलेको बताउनुभयो । उहाँले गाउँपालिकाको समृद्धिमा जेसीज लगायतका संघ संस्थासँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना,वडा अध्यक्ष कृष्णबहादुर पाख्रिन,पुर्व वडाअध्यक्ष भगवान घिमिरे,नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना,जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमाकुमारी प्याकुरेल,उपाध्यक्ष जीवन कार्की,जेसिज २०२१ का महासचिव विकास मानन्धर,जेसीज २०२२ का अध्यक्ष डिकमान लामा,जेसी मोहनकृष्ण तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।