• शिशिर दोङ

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले तेमालका कुनै पनि खालका समस्याबाट आफू नभाग्ने बताउनुभएको छ । तेमालको शिक्षा लगायतका क्षेत्रमा देखिएका समस्याहरुलाई नजिकबाट हेर्ने र आवश्यक सम्बोधन गर्ने उहाँको भनाई छ । तेमालका जनताको भावना,माग र अनुरोधलाई कहिल्यै वेवास्ता नगर्ने उहाँको प्रतिवद्धता छ ।

बिहीबार तेमालका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो–‘तपाईंहरु ढुक्क हुनुहोस्,सम्पूर्ण तेमालवासीहरुको माग र अनुरोधहरुलाई वेवास्ता गर्छु र त्यत्तिकै ५ वर्षे कार्यकाल सकाउँछु भन्ने सोच मेरो पक्कै पनि हैन, वालविकास शिक्षा तथा विद्यालय कर्मचारीको मात्रै हैन अरु समस्याहरुलाई पनि पन्छाएर हिड्ने काम मबाट कदापी हुने छैन ।’

अध्यक्ष लामाले ज्ञापन पत्रबारे थप अध्ययन गरेर मागको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । यसबारे अध्ययनका लागि केहि समय आवश्इक पर्ने अध्यक्ष लामाले बताउनुभयो ।

बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तेमाल गाउँ समितिले पालिका समक्ष चार बुंदे ज्ञापन पत्र वुझाएका हुन् । सेवा सुविधाका सम्बन्धमा विगतदेखिकै सरकारले विभेद गर्दै आएको भन्दै बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले त्यसलाई सच्याउन पालिका सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सेवा सुविधाका साथै वालशिक्षाको शैक्षिक सामाग्री व्यवस्थापन,दक्षता अभिवृद्धि,दरवन्दी रुपान्तरणको पहल लगायतका विषयमा विद्यालय कर्मचारीका अध्यक्ष चमार सिं लामा र बालविकास शिक्षकका अध्यक्ष रस्मिता दोङले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष लामालाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

नवनिर्वाचित पालिका नेतृत्व एवं जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै शिक्षक कर्मचारीहरुले यो पटकको पालिका सरकारबाट आफूहरुको मागको सुनुवाई हुने विश्वास व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) तथा संघीय सरकारले नीति,कार्यक्रम तथा बजेटमार्फत प्रतिवद्धता जनाएअनुसार पारिश्रमिक दिलाउन झकझकाउने क्रममा शिक्षा मन्त्रालयसम्म ज्ञापन पत्र बुझाएको र स्थानिय तहका शिक्षक कर्मचारीले निरन्तर उठाउँदै आएको यसखालको मागप्रति आफूहरुको एैक्यवद्धता रहेको शिक्षक महासंघ तेमाल गाउँपालिका अध्यक्ष कुवाङ्छु लामाको भनाई छ ।

उपाध्यक्ष दलमान(डिएम) थोकर र प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख केदार प्रसाद ढकालको समेत उपस्थितिमा अध्यक्ष लामाले ज्ञापन पत्र बुझ्नुभयो ।

कार्यक्रममा तेमालका बालविकास शिक्षक तथा लेखापाल कर्मचारीहरुको सहभागिता रहेको थियो । यो गाउँपालिकाको ४१ वटा विद्यालहरुमा बाल बिकासतर्फ ४८ जना,१० जना लेखापाल कर्मचारी कार्यरत छन् ।

शिक्षक कर्मचारीहरुको मागसहितको ज्ञापनपत्र यस्तो छ :

प्रतिक्रिया दिनुहोस !