गत निर्वाचन एक्लै जितेको एमाले यो पटक भने पराजित

धुलिखेल–जिल्ला समन्वय समिति काभ्रेको बुधबार सम्पन्न मतदानबाट लोकतान्त्रिक गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली काँग्रेस,माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी लगायतका दलह? सम्मिलित गठबन्धनका उम्मेद्वारह? निर्वाचित भएका हुन् । गठबन्धनका तर्फबाट समाजवादीका जिल्ला सचिव दिपक गौतमले प्रमुख र नेपाली काँग्रेसका रिम बहादुर तामाङले उपप्रमुखको जिम्मेवारी पाउनुभएको हो ।

जिल्ला समन्वय समतिको सदस्य पदमा कांग्रेसबाट मंगलबहादुर तामाङ,निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान,माओवादी केन्द्रबाट कमलराज गिरी,कृष्णकुमारी राई र रस्मिता भण्डारी निर्वाचित हुनुभयो ।

काभ्रेका १३ स्थानीय तहहरुको प्रमुख–उपप्रमुख र अध्यक्ष– उपाध्यक्ष गरी २६ पदमध्ये कांग्रेस १३,माओवादी केन्द्र ८ र नेकपा एकिकृत समाजवादीको १ पद(मत) रहेकोमा यि दल गठबन्धनभित्र रहेको र समन्वय समितिमा गठबन्धन बनाएरै चुनावमा उत्रिएकोले गठबन्धनको सहजै जित भएको हो ।

नौ सदस्यीय समितिमा एकीकृत समाजवादीले प्रमुख,कांग्रेसले उपप्रमुखसहित बहुमत ५ सदस्य र माओवादी केन्द्रले ३ सदस्य पाउने सहमति अनुसार गठबन्धन निर्वाचनमा सहभागि भएको थियो ।

गत जिल्ला समन्वय समितिको निर्वाचन एक्लै जितेको नेकपा एमाले यो पटक भने पराजित भएको छ । एमालेबाट प्रमुख पदमा कमला भट्टराई र उप–प्रमुखमा राजेन्द्र केसी चुनावी मैदानमा उत्रिनुभएको थियो ।

स्थानीय तहबाट निर्वाचित भएर आएका एमालेका प्रमुख उपप्रमुख संख्या जम्मा ४ मात्रै रहेपछि यो पटक जिल्ला समन्वय समितिमा एमाले मतदाता संख्या कमजोर भएपछि पराजित भएको हो ।

गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेस,माओवादी,समाजवादी लगायतका दलह? गठबन्धनबाट चुनावमा उत्रिएका थिए ।

समन्वय समितिमा निर्वाचित सबैले बुधबार नै सपथ ग्रहण गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !