खाना पकाउने ग्यासको भाउ यथावत
काठमाडौं–नेपालमा पेट्रोलिय पदार्थको मुल्य पुनः महंगिएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको हो ।
पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने देखिन्छ ।
निगमले खाना पकाउने ग्यासको भाउ भने नबढाएको बताएको छ । केहिदिन अघि जेठ १९ गते निगमले पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल,डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
नयाँ दर हेर्नुहोस् :