काठमाडौं–नेपाल समृद्धिका लागि यहाँको पर्यटन क्षेत्र पनि महत्वपूर्ण पाटो हो । यिनै क्षेत्रमा क्रियाशिल केहि व्यक्तिहरु यो पटक सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत स्थानीय सरकारको नीति निर्माण र कार्यन्वयनको तहमै पुग्न सफल भएका छन् ।

तामाङ समुदायका पनि पर्यटन क्षेत्रमा काम गर्ने आधा दर्जन भन्दा बढि व्यक्तिहरुले यो महत्वपूर्ण जिम्मेवारी हाँसील गर्नभयो । पर्यटन क्षेत्रमा आवद्ध समग्र तामाङहरुको साझा संस्था ‘तामाङ रिमठिम पर्यटन संजाल’ले आफ्नो संस्थामा आबद्ध रहेका उहाँहरुलाई बुधबार पास्लु रेस्टुरेन्ट लाजिम्पाटमा औपचारीक कार्यक्रम गरी सम्मान नै गरेको छ ।

सम्मानित हुनेहरुमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुखमा निर्वाचित जगत लामा,तादी गाउँपालिका अध्यक्षमा निर्वाचित सन्तमान लामा,तादी गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित नकुर दोङ तामाङ,काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा निर्वाचित निरध्वज लामा,रोशी गाउँपालिका वडा नं. १२ को वडा अध्यक्षमा निर्वाचित बसन्त तामाङ,तेमाल गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित पेम्बा लामा लोप्चन र तेमालकै वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित प्रेम बं. लामा हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामा तामाङको बाहुलीबाट पर्यटन पेशामा आबद्ध रहनुभएका ति ७ जना नव निर्वाचित जनप्रतिनिधिहरु सम्मानित हुनुभएको हो ।

यसै गरी आगामी दिनमा पनि समुदायको हितमा महत्वपूर्ण योगदान पुर्याउने र उत्प्रेरित गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने संस्थाका संस्थापक सचिव नरध्वज तामाङ(क्षितिज)ले बताउनुभयो ।

संस्थाका अध्यक्ष अम्बर बम्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामाङ समाजका अग्रज ब्यक्तित्वहरु,पर्वतारोही, पर्यटन ब्यवसायी, ट्रेकिङ गाइड र टुरगाइडहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !