- अशोकबुद्ध लामा
नमोबुद्ध–‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराकासाथ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित ग्रामीण पाठशालाले पनि विविध कार्यक्रम गरी ५० औँ विश्व वातावरण दिवस मनाएको छ ।
विद्यालयस्तरदेखि नै वातावरण र वातावरणको महत्वको बारेमा बालबालिकालाई सुसूचित गराउने उद्देश्यले विद्यालयले विभिन्न सूचना र सन्देशमूलक प्ले कार्डहरु बोकेर भकुन्डे बजारको परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पश्चात नमोबुद्ध ७ नौबिसेमा अवस्थित जगबैजेश्वर मन्दिरमा पुगेर मन्दिरको सरसफाइ पनि गरिएको थियो । आइतवार नै मन्दिर प्राङ्गणमा विद्यार्थीहरुमाझ ‘वातावरण संरक्षण आजको आवश्यकता’ भन्ने शीर्षकमा बक्तृत्वकलाको पनि आयोजना गरिएको थियो ।