पोखरी नारायणस्थान–काभ्रेको तेमाल गाउँपालिका गाउँ कार्यपालिकाको पहिलो बैठक २३ गते आउने सोमबार बस्ने भएको छ ।
विभिन्न ७ वटा एजेण्डाहरुमाथि छलफल गर्ने गरी पहिलो बैठक आह्वान गरिएको पालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालद्धारा जारी सूचना अनुसार निर्वाचित कार्यपालिका सदस्यहरुको सपथ कार्यक्रम,परिचय तथा शुभकामना आदानप्रदान,६० वर्ष पुगेका जेष्ठ नागरिकहरुको स्वास्थ्य बिमा,कार्यपालिकाको नियमित बैठक,विषयगत समिति गठन,नागरिक वडापत्र,विविध लगायतका विषय बैठकको एजेण्डाको रुपमा तय भएको छ ।

गत शुक्रबार मात्रै तेमाल गाउँ कार्यपालिका सदस्यको निर्वाच सम्पन्न भएको थियो ।

पालिकाद्धारा जारी सूचना यस्तो छ :

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

प्रतिक्रिया दिनुहोस !