काठमाडौं–नेकपा एमाले काभ्रेको जिल्ला सचिवालय सदस्य एवं पूर्व उपसचिव पार्टीको केन्द्रिय खानेपानी तथा सरसफाई विभागमा मनोनित हुनुभएको छ ।

खानेपानी तथ सरसफाई अभियानमा २ दशक भन्दा बढि समयदेखि सक्रिय नेता तामाङलाई एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालयको सातौं बैठकले गठन गरेको विभागको सदस्यमा मनोनित गरिएको जनाएको छ ।

विभाग गठन र विभागको जिम्मेवारीबारे पार्टीका केन्द्रिय महासचिव शंकर पोखरेलद्धारा हस्ताक्षरित पत्रमा काभ्रेका एमाले नेता तामाङले यो जिम्मेवारी पाएको यो कुरा स्पष्ट छ ।

विभागमा तामाङ सहित अन्य जिल्लाहरुका समेत गरी ११ जनालाई समावेश गरिएको पत्रमा उल्लेख छ ।

पत्र हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !