पोखरी नारायणस्थान–काभ्रेको तेमाल गाउँपालिकाको गाउँ कार्यपालिका सदस्य पदका लागि शुक्रवार सम्पन्न निर्वाचनबाट गठबन्धनको जित भएको छ ।
काँग्रेस,माओवादी केन्द्र,नेकपा एकिकृत लगायत दलको गठबन्धका तर्फबाट उठाएका सदस्यका उम्मेद्वारहरु निर्वाचित भएका भएका हुन् ।
काँग्रेसका तर्फबाट वडा नं. ३ का सुसिला माझि,वडा नं ७ का चन्डिका भुजेल दमाई ,वडा नं. ८ बाट अन्जु बिश्वकर्मा,माओवादी केन्द्रका तर्फबाट वडा नं. २ का छ्योइसाङ तामाङ, वडा नं.५ का मोहन माया सुनार र वडा नं. ६ का केशब रसाइली तेमाल गाउँ कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको हो ।
नेकपा एमालेको तर्फबाट पनि ५ जनाले उम्मेदवारी दिएका थिए । कार्यपालिका निर्वाचनका लागि ४६ मत मध्ये गठबन्धनमा रहेको माओवादी केन्द्रको १७ र कंग्रेसको १६ मत रहेकोले गठबन्धनको सहजै जित भएको हो । एमालेको १३ मत छ ।