काठमाडौं-पाँच बर्षकै कलिलो उमेरदेखि नेपाली गीत सङ्गितको क्षेत्रमा यात्रा शुरु गरेकी बाल गायिका प्राप्ती तामाङ ले एकै दिन २ वटा गीत रेकर्ड गराएकी छिन् ।

सिन्धुलीयन गुराँसको शब्द,रुप कुमार तामाङको सङ्गित र पवनवाङ लामाको सङ्गित संयोजन रहेको ‘घडी होइन समय देऊ उपहारमा मलाई’ भन्ने गीत काठमाडौंको सोह्रखुट्टेमा रहेको डिजिटल काठमाडौमा रेकर्डिङ गरिएको छ ।

रेकर्ड गरिएको अर्को गीत संसार अनलाइन सिङ्गिङ स्टार्स२०२०/२१ मा अन्डर १६ मा बिजेता भएर पुरस्कार स्वरुप प्राप्त गरेको गीत रहेको छ ।

यो गीतमा शब्द दिपक विवश आँसुको रहेको छ भने सङ्गित मन्जु नकर्मीको र सङ्गित संयोजन बुद्ध सयामीको रहेको छ। उक्त गीत काठमाडौको पुतली सडकमा रहेको अडियो नेपालमा रेकर्डिङ गतिएको थियो ।

यो गीत रेकर्डिङको दिन नै उनले अर्को दुईवटा गीत गाउने सुनौलो अवसर प्राप्त गरेकी छिन । उनलाई बुद्ध सयामी र मन्जु नकर्मीले एक एकवटा गीत पुन: दिने वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !