काभ्रे–धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी भएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा एमाले नेता रामकृष्ण हुमागाईं र एमालेबाट जितेका निराजन जंगमको काँग्रेस प्रवेशले हार्ने चर्चा पाएको यो क्षेत्रमा व्याञ्जुको  जितले उनको आवश्यकता र लोकप्रियता थप पुष्टि भएको छ । जिल्लामै एमालेको उचाई  बढाएको छ ।

हराउन गरिएको घृणित कार्यको चीरफार गर्दै व्याञ्जु पुनः नगरको नेतृत्व हाँसिल गर्न सफल भएका हुन् ।

५ दलिय गठबन्धनको भागवण्डामा एकिकृत समाजवादीलाई प्रमुख पदको भाग परेको यो नगरमा समाजवादीको कमजोर धरातलका कारण व्याञ्जुले चुनाव जित्ने देखिएपछि
कांग्रेसले स्वतन्त्र उम्मेदवार भन्दै बिदुर बस्नेतलाई उठाएको थियो ।

यो खेलका कारण गठबन्धन भित्र ति दलहरुको दुरी त बढेको छ नै अन्तत: त्यो खेललाई पराजित गर्न पनि एमाले नेतृत्व सफल भएको छन् ।

मतगणनाको क्रममा एमाले उम्मेदवारको लोभलाग्दो मत देखिएपछि एमाले जित्ने डाहाले काँग्रेस प्रतिनिधिले अनेक बखेडा झिकेका थिए । त्यसमा पनि काँग्रेस असफल भयो ।

जिल्लाको १३ वटा स्थानीय तहहरुमध्ये प्रमुखमा निर्वाचित व्याञ्जु एक मात्र एमाले उम्मेदवार हुन् ।

स्वतन्त्र भनेर काँग्रेसले चुनावी मैदानमा उतारेका बस्नेतलाई व्याञ्जुले ९४० मत अन्तरले पराजित गरे । व्याञ्जुले ८३५१ मत पाए भने बस्नेतले ७४११ मत पाए । गठवन्धनका आधिकारिक उम्मेदवार दयासागर श्रेष्ठले १८१९ मत मात्रै पाए ।

जिल्लाको सदरमुकाम,अन्तर्राष्ट्रिय रुपमा चर्चित काठमाडौं विश्वविद्यालय र धुलिखेल सामुदायिक अस्पताल, उत्कृष्ट खानेपानी वितरण व्यवस्थापन लगायत काम गरी पर्यटन विकासका साथै समग्रमा समृद्ध धुलिखेल निर्माणको कुशल नेतृत्वका लागि व्याञ्जुसँग टक्कर लिन जोकोहीको सामर्थ्य नरहेको चर्चा काँग्रेस वृत्तमै थियो । अहिले तिनै व्यक्ति नगरको नेतृत्वमा आएका छन् ।

शुसासन तथा स्थानीय विकासका विज्ञ मानिएका व्याञ्जु एमाले काभ्रेका अध्यक्षका साथै नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

धुलिखेलको उपप्रमुमा भने कांग्रेस उम्मेदवार निराजन जंगम नै  निर्वाचित भए । चुनावको केहि दिन अघि मात्रै एमालेबाट काँग्रेस प्रवेश गरेका थिए । अवसरवादी चरित्र भएका धुलिखेलका विवादित व्यक्ति जंगमले मतदातालाई विभिन्न प्रलोभनमा पारेर चुनावी परिणाम आफ्नो पक्षमा पारेका हुन् ।

दशकौं सम्म काँग्रेसमा निष्ठा र इमान्दारिताको राजनीति गरेका काँग्रेस कार्यकर्तालाई छायाँमा पारेर उपप्रमुखको निकट हत्याएका उनले ७९३८ मत पाए भने एमाले उम्मेदवार लालतारा अधिकारीले ७७९१ मत पाइन् । अधिकारी थोरै मतान्तरले पराजित भएका हुन् । यद्यपि गठबन्धनका सामु प्राप्त यो मतले उनले हारेर पनि जितेको सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !