तेमाल–काभ्रेको तेमालमा एमालेको तर्फबाट पालिका अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ,उपाध्यक्षका उम्मेद्वार सम्तेन लामा,वडामा वडाध्यक्ष र सदस्यका उम्मेद्वारहरु जनताको घरदैलोमै हुनुहुन्छ । तेमालको विकास तथा समृद्धिका लागि जनतामाझ प्रतिवद्धता लिएर आएका एमाले उम्मेद्वारदेखि कार्यकर्ता जगतमा उत्साह देखिन्छ । उम्मेद्वार मात्रै हैन तेमालको विकासको नेतृत्व गर्ने योजना र क्षमता एमाले उम्मेद्वारहरुमा रहेको भन्दै जनता पनि उत्तिकै खुसी भेटिएका छन् ।

आफ्नो वडाको व्यवस्थित विकासका लागि वडाध्यक्षका उम्मेद्वारहरु समेत स्पष्ट देखिन्छन् । यसैक्रममा तेमालको वडा नं. ४ का जनताले एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार शालिन,इमान्दार,युवा जोशले भरिएका पेम्बा तामाङलाई पाएका छन् ।

यहाँको विकासमा जनतामाझ उहाँको कार्यक्रम के छ त ? नेकपा एमाले तेमाल गाउँपालिका वडा नं. ४ कमिटिले आफ्ना उम्मेद्वार तामाङका लागि समग्रमा १४ वुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिवद्धतामा एमाले उम्मेद्वारले जितेमा तलव भत्ता नलिने समेत उल्लेख छ ।

गाउँको विकासमा लक्षित योजनासहितको प्रतिवद्धता यस्तो छ :

१.प्रत्येक गोरेटो बाटोहरुमा सिँढी हाली ढलान गरिनेछ ।
२.वडा भरिमा २ वटा खेलकुद मैदानको निर्माण गरिनेछ,जसले गर्दा भविश्यमा हामीले पनि खेलकुदमा बिभिन्न नयाँ प्रतिभाहरु जन्माउन सफल हुन्छौं,जसले युवा सिर्जनशिलताको विकासमार्फत गाउँ र तेमालको पहिचान बढाउनेछ ।
३.वडाभित्र रहेको सबै सडकहरु कालो पत्रे गरिनेछ ।
४.वडामा रहेका सम्पूर्ण बिद्यालयहरुमा आधुनिक,वैज्ञानिक,सीपमुलक पढाइको लागि प्रयोगशालाको निर्माण गरिनेछ साथै प्रत्येक बिद्यालयमा बगैँचाको निर्माण कार्य गरिनेछ ।
५.भिम पाइलादेखी दोर्जे घ्याङसम्म सिँढी बाटोको निर्माण गरिनेछ,जसले गर्दा हाम्रो गाउँ पर्यटकहरुको आकर्शन बिन्दु हुनेछ ।
६.जेहेन्दार तर गरीब परिवारका विद्यार्थीहरुको लागि छात्रबृद्धिको व्यवस्था गरिनेछ ।
७.वडाभित्र रहेको सम्पूर्ण स्वास्थ्य कार्यालय तथा हस्पिटलहरुको मर्मत सम्भार गरि स्वास्थय सेवा व्यवस्थीत र गुणस्तरीय बनाइनेछ ।
८.प्रत्येक घर–घरमा खाने पानीको व्यवस्था गरिनेछ ।
९.ग्रामीण महिलाहरुको लागि सीप विकास कार्यक्रमका साथै ग्रामीण उद्योगको लागि पहल गरिनेछ ।
१०.वडाभित्र रहेका सम्पूर्ण मठ मन्दिर तथा गुम्बाहरुको मर्मत तथा सम्भार गरिनेछ ।
११.हाम्रो गाउँ जिल्लाकै एउटा नमुना बनाउन प्रत्येक किशानहरुलाई चाहिने नयाँ उन्नत किसिमको बिउ बिजनहरु निशुल्क उपलब्ध गराइनेछ ।
१२.१ घर १०० फुलको बोट कार्यक्रम सञ्चालन गरी गाउँलाई नै सुन्दर बनाउन प्रत्येक घरलाई फुलहरुको बोट बिरुवा निशुल्क उपलब्ध गराइनेछ ।
१३.७० बर्ष कटेका जेष्ठ नागरिक बा आमाहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।
१४.एमाले पार्टीका उम्मेद्वारले जितेमा उसले पाउने तलब,भत्ता तथा सुविधाहरुको उपभोग गर्ने छैन ।

प्रतिक्रिया दिनुहोस !