काठमाडौँ–भोजुरको अरुण गाउँपालिकाको वडा नम्बर–७ मा दलहरुको चुनावी अभियान तिव्र बनेको छ । यहाँ विभिन्न दलहरुबाट उठेका वडाअध्यक्ष पदका उम्मेदवारहरूमध्ये नेकपा एमालेका उम्मेदवार लीलाबहादुर अधिकारी प्रभावशाली उम्मेदवारका रूपमा अगाडि देखिएका छन् ।

कोलामुनि माइलो उपनामले जनतामाझ परिचित अधिकारी यसअघिको निर्वाचनमा वडा सदस्य पदमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।

खेतीकिसानीका साथै सामाजिक कार्यमा समर्पित अधिकारी सरल र मिजासिलो स्वभाव तथा जनताको सेवामा लागिपर्ने भएका कारण पनि सबैको प्रिय मानिन्छन् । ‘एक कार्यकाल वडा सदस्यका रूपमा अनुभव हासिल गरिसकेका कोलामुनि माइलो यस पटक वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।

उनको उम्मेदवारीले वडानम्बर–७ का जनता अत्यन्त खुसी र उत्साही बनेका छन् । उनले जितेका खण्डमा यस वडाले विकासको मुख देख्न पाउने आशा छ’ एक स्थानीयले भने ।

उम्मेदवार अधिकारीले आफू विजय भएमा सम्पन्न गर्ने विभिन्न महत्वपूर्ण प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । वडाको विकास र समृद्धिको नेतृत्वका लागि उनले आफूलाई अगाडि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस !