
तेमाल–काभ्रेको तेमालमा नेकपा एमालेका उम्मेद्वारहरुको घरदैलो अभियान वडा नं. ५ पोखरी नारायणस्थान आईपुगेको छ । पालिका नेतृत्वको उम्मेद्वारसहितको टोली बिहीवार पोखरीनारायणस्थान आईपुगेको हो ।
घरदैलो अभियनाका क्रममा भेटेका युवाले एमाले उम्मेद्वारहरुप्रति उत्साहका साथ आशा व्यक्त गरेका छन् । वृद्धवृद्धाहरुले उम्मेद्वारहरुलाई जितको शुभकामनासहित आर्शिवाद दिएका छन् । एमाले जनताको असली सेवक भएको भन्दै वृद्धवृद्धाहरुले तेमालका माटोसँग भिजेका एमाले उम्मेद्वारले जित्नुपर्ने बताए । गरीव,दिनदुखी,असहाय,वृद्धवृद्धाको सहारा एमाले नै रहेको भन्दै उमेरले ७० कटेका उनिहरुले सहयोग गर्ने बताए ।
दलित,जनजाती,महिला,एकल महिला,बालबालिका,युवादेखि वृद्धवृद्धासम्मको भावना एमालेले बोक्न सक्ने भन्दै स्थानीय जनताले पालिका अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ,उपाध्यक्षका उम्मेद्वार सम्तेन लामा,वडाध्यक्षका उम्मेद्वार सबैलाई शुभेच्छा व्यक्त गरेका हुन् ।
पालिका अध्यक्षका उम्मेद्वार तामाङले तेमाल समृद्धिका लागि कृषि,स्वास्थ्य,शिक्षा,पर्यटनका योजनाहरु रहेको साथै युवा रोजगारका विषयमा आफूहरु स्पष्ट कार्यक्रम बोकेर आएकोले साथ दिन अनुरोध गर्नुभयो ।
पालिका उपाध्यक्षका उम्मेद्वार लामाले आफूले युवा र महिलाको समस्या र भावना राम्रोसँग बुझेको भन्दै जनताले साथ दिएमा मतको सम्मान मिल्ने काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आगामी ५ वर्ष नेकपा एमालेले तेमाल गाउँपालिकामा तेमालको मुहार फेर्दै समृद्ध तेमाल,सुखी तेमालेका लागि आफ्नोतर्फबाट प्रतिबद्धता बोकेर यो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा घरदैलो अभियान चलाईरहेको हो ।
वडा नं. १ आधाबाट शुरु भएको अभियान वडा नं. २ र ३ र ४ मा सम्पन्न भइसकेको एमाले तेमाल गाउँपालिका कमिटि इञ्चार्ज जेनिश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वडा कमिटिहरुले पनि वडाका उम्मेद्वारलाई लिएर घर दैलो अभियान चलाइरहेका छन् ।
फोटो : सौजन्य जेनिश लामा,दुतराज लामा,डिल्लीमान तामाङ