
काठमाडौं–साहित्य र सामाजिक सेवा मार्फत सदैव आवाज विहीनहरुको पक्षमा वकालत गर्दै आएकी एक सशक्त एवं जुझारु पात्र हुन् अनिता लामा । असल राजनीतिमार्फत समाज परिवर्तनको सपना उहिले नै देखेका उनले त्यो आस्थाको जगलाई पनि बलियो बनाउदै लगिन् ।
२०४६ सालदेखि राजनीतिको अनवरत यात्रामा रहेकी लामा जिम्मेवारी अनि कठिन परीस्थितीबाट कहिल्यै भागेनन्,जो यो पटक समृद्ध बुढानिलकण्ठ नगर बनाउने अभिभारा खोज्दै जनताको घरदैलोमा पुगिरहेकी छन् ।
समाज परिवर्तनका खातीर आस्थाका गीत गाउँदै चेतनाका स्वरहरु गुञ्जाउदै हिड्ने एक अथक योद्धा लामा यो पटक स्थानीय तहको निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्दै चुनावी मैदानमा होमिएकी हुन् । नगरलाई समृद्ध बनाउने १० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेकी छन् ।
राजनीति,समाज र अनिता लामा
नेकपा एमालेको टोल कमिटी सदस्यबाट सुरु भएको अनिताको राजनीतिक यात्रा अहिले आएर बुढानीलकण्ठको उपप्रमुखको उम्मेदवारीसम्म आइपुगेको छ । यसबीचमा उनी अखिल नेपाल महिला संघको वडा कमिटी सदस्य हुँदै संघको केन्द्रीय सदस्य बनिन्,युवा संघको केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भएर तीन कार्यकाल पुरा गरिन्, पार्टीको निर्वाचन क्षेत्र नं.५ को क्षेत्रीय सदस्य हुँदै एमाले जिल्ला कमिटी सदस्य भइन् । युवा, महिला र पार्टी तीनै मोर्चामा रहेर उनले आफूलाई अब्बल सावित गरिन् ।
करिब ३४ वर्षदेखि पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेकी अनिताले पार्टी कामकै शिलशिलामा देशभित्र मात्र हैन, देश बाहिरका दर्जनौँ कार्यक्रम तथा गोष्ठीमा भाग लिएकी छन् । पार्टी राजनीतिसँगै आफ्नो अध्ययनलाई पनि अघि बढाएकी अनिताले स्नातकोत्तर उत्रीर्ण गरेकी छन् ।
पार्टीको विभिन्न तहमा रहँदाखेरी नै बुढानीलकण्ठको विकास र यहाँको नागरिकको जीवनस्तरलाई माथि उकास्न अनिताको लामो भूमिका रह्यो । यहाँका सडक कालोपत्रेदेखि ढल बनाउने कार्यमा अनिता आफैँ अग्रसर भएर लाग्ने गरेकी थिइन् । त्यतिमात्र नभएर कोरोना महामारीका बेला मानिस घरबाट निस्कन सक्ने अवस्था थिएन, तर अनिता रातादिन रोगीलाई औषधी र भोकालाई भोजन बाँड्न आफैँ घरदैलोमा पुग्ने गरेकी थिइन् ।
विश्व सम्पदा सूचीमा रहेको बुढानीलकण्ठलाई टलक्क टल्काउन र हिलाम्मे(धुलाम्मे सडकलाई कालोपत्रे बनाउने काममा समेत अनिता आफैँ लागी परेकी थिइन् ।
‘पार्टी र बुढानीलकण्ठबासी नै मेरा परिवार हुन्’ भन्ने लामो यसअघि कुनै पदमा नहुँदा पनि सेवा गरिरहिन्। तर अनिताले अहिले पार्टीको तर्फबाट उम्मेदवारी दिएर अब प्रत्यक्ष रुपमा सेवामा लाग्ने अठोट गरेकी छन्। ‘नगरबासीको सेवाका लागि मैले धेरै काम गरिकी छु। बुढानीलकण्ठवासीको रोजाइँमा छु, चुनाव जित्ने पक्का छ’, उनी भन्छन् ।
विश्व सम्पदा सूचीमा रहेको बुढानीलकण्ठको विकास र नगरबासीको आवश्यकता पुरा गराउन सक्ने क्षमता भएकै कारण आफूलाई पार्टीले उठाएको अनिताको भनाइ छ ।
‘मेरो भन्नु नै पार्टी हो र मेरा परिवार भनेकै बुढानीलकण्ठ नगरबासी हुन्। मैलै मेरो परिवारलाई सुखी र नगरलाई विकासोन्मुख बनाउने छु। मलाई तपाईंहरुको साथ चाहियो’ यही शब्दलाई दोहोर्याउँदै अनिता अहिले नगरबासीको दैलोमा पुग्ने गरेकी छन् ।
अनिताको भिजन देखेर बुढानीलकण्ठबासी पनि उनैको पक्षमा देखिएका छन्। ‘बुढानीलकण्ठलाई चिनेकी अनिताले धेरै गर्नेछन् भन्ने हाम्रो विश्वास छ’, बुढानीलकण्ठका सुरेन्द्र खत्रीले भने, ‘यसपटक मेरो भोट यिनै नानीलाई हुनेछ।’
छरछिमेक र नगरभित्र केही पर्यो कि कुदिहाल्ने अनिताको लगाब देखेरै होला बुढानिलकण्ठबासी उनको उम्मेदवारीले निकै उत्साहित छन् ।
‘हिजो महामारी आयो, भोकमरी लाग्यो, केही समस्या छ कि भन्दै अनिता आएकी थिइन् । आज उनी हाम्रो अभिभावक बन्न लागेको देख्दा खुशी लाग्यो। यो पटकको भोट अनितालाई नै दिनेछु म त । भए अरुलाई पनि मैलै त्यसैगरी भन्ने छु’, बुढानीलकण्ठकी लक्ष्मी न्यौपानेले भनिन् ।
यसो त बुढानीलकण्ठ एमाले पार्टीको गढ नै हो भन्ने गरिन्छ । एमालेको गढ बनाउनमा उनको पसिना कम्ता बगेको छैन । यसअघि पनि एमालेले नेतृत्व पाएको बुढानीलकण्ठ नगरले विकास निर्माणका बलियो जग बसालिसकेको छ । अब समृद्ध बुढानिलकण्ठ बनाउन स्पष्ट योजनासहित दुरदृष्टि भएकी अनिता लामाको प्रत्यक्ष उपस्थितिले महत्वपूर्ण अर्थ राख्ने भएकोले जनता पनि यस्तै नेतृत्वको खोजिमा देखिन्छन् । त्यसलाई लामाले खड्कीन नदिनेमा दुई मत नरहला ।
लामा सहितको टिमको बूढानिलकण्ठ नगर बनाउने १० बुँदे प्रतिवद्धता यस्तो छ :
१. सुशासनमा जोड, भ्रष्टाचार निर्मूल
२. अनलाइन बेस, पेपर लेस स् सहज सेवा प्रभावकारिता
३. उद्यमशीलता र रोजगार, कृषि तथा सहकारी आधार
४. स्थानीय कला, संस्कृति, सभ्यता स् हाम्रो पूँजी र सौन्दर्यता
५. लैँगिक समानता, विभेदलाई निषेध स् युवाहरु विशेष
६. शिक्षाको घाम, पर्यावरण जोगाम्
७. पर्यटन बजार, सुलभ स्वास्थ्य स् शान्ति सुव्यवस्था
८. विपदमा राहत, गरिबी विरुद्ध संघर्ष
९. हिँसामुक्त समाज, परिवर्तनका आवाज
१०. सरल जनप्रतिनिधि : जनता हाम्रो निधि
सन्दर्भ सामाग्री : breaknlinks.com