तेमाल गाउँपालिका कमिटी घोषणा

तेमाल–नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले आफ्नो पार्टीको भविष्य उज्वल रहेको दावी गर्नुभएको छ । काभ्रेको तेमाल पोखरी नरायणस्थानमा गाउँपालिका स्तरीय कमिटी घोषणा तथा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

नेकपा एमालेमा ब्यक्तिबादी हाबी हुँदै गएको आरोप लगाउंदै उहाँले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै पार्टी बनाउन बाध्य भएको तर्क गर्नुभयो ।

उहाँले जुन पार्टीमा ब्यक्तिबादि हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भबिष्य उज्वल रहेको दावी गर्नुभएको हो ।
उहाँले आगामी स्थानीय तहको निर्वाचनमा जनताको विश्वास हाँसील गराउने गरी अघि बढ्न तेमालका कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

जिल्ला कमिटी सचिवालय सदस्य एवं तेमाल गाउँपालिका कमिटी अध्यक्ष प्रदिप कुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह इन्चार्ज मुकुन्द गौतम,जिल्ला कमिटी सचिब दिपक गौतम गौतम लगायतले धारणा राख्नुभयो ।

शनिबार सम्पन्न भेलामा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, तेमाल गाउँपालिका इन्चार्ज कुवाङ्छु लामा,अनेमसंघका जिल्ला अध्यक्ष पासाङ डोल्मा लामा, समाजबादीका बागमती प्रदेश सदस्य पाल्देन वाङच्यु लामा,हिरामान बल,जिल्ला कमिटी सदस्य पाल्साङ लामा,दमै सिंह तामाङ,दोर्जे तामाङ, धिरेन तामाङ लगायत सहभागी हुहुन्थ्यो ।

विभिन्न वडाहरुबाट कार्यकर्ताहरु सहभागि भेलाले युवा संघ नेपाल र अखिल नेपाल महिला संघको पालिका स्तरीय कमिटी पनि समेत गठन गरेको प्रदेश कमिटि सदस्य हिरामान बलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !