धुलिखेल–काभ्रेको पनौतीस्थित श्रीखण्डपुरमा शनिबारदेखि श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ । विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानले महायज्ञका साथै विन्ध्यवासिनी मूर्तिको प्राण प्रतिष्ठाको कार्य समेत प्रारम्भ गरेको हो ।

महायज्ञ बाजागाजा र कलश सहितको शोभा यात्रा गर्दै शुभारम्भ गरिएको हो ।

यहि चैत २७ गतेसम्म सञ्चालन हुने कार्यक्रमको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि तिमल्सिनाले आध्यात्मिक ज्ञानको अभाव हुँदै गएको सन्दर्भमा आयोजना गरिएको यसखाले कार्यक्रम निकै सकारात्मक रहेको बताउनुभयो ।

देवी भागवत नवाह ज्ञान महायज्ञको भास्कर ब्रम्चारी नारायण देवकोटाले कथा वाचन गर्नु हुनेछ ।

महायज्ञमा ब्रम्हाणद्वारा वैदिक विधि अनुसार रुद्राभिषेक,श्रीमद्भागवत पाठ पारायण, प्रवचन,वेद पाठ,चण्डी पाठ,ग्रहशान्ति,गायत्री होम,कोटि दीप प्रज्वलन,तुला दान,भूमि दान ,होम,अनुष्ठान,व्रतबन्ध लगायतका कार्यक्रमहरु हुनेछन् ।

तिमल्सिनाका अनुसार पूर्वीय दर्शन,वैदिक सनातन धर्म संस्कृतिको रक्षा,आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति,मानव कल्याण एवं धार्मिक,आध्यात्मिक चेतनाको विकासको उद्देश्य लिएर महायज्ञकमे आयोजना गरिएको हो ।

महायज्ञ सम्पन्न गरिसकेपछि बचेको दानबाट विन्ध्यावासिनी मन्दिर निमार्ण गर्दा भएको खर्चमध्ये भुक्तानी गर्न बाँकी भुक्तानी,गुरुकुल सञ्चालनका लागि भवन र छात्रावास निर्माण, सन्त निवास आदि निर्माणका काम गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

तस्वीर : केदार तिमल्सिना,मोतिराम तिमल्सिना

प्रतिक्रिया दिनुहोस !