
गराए प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले अहिलेसम्म गरेको उपलब्धीको एकमुष्टे जानकारी सार्वजनिक गर्दै तेमाल समृद्धिका लागि आफ्ना योजना प्रस्तुत गरेका छन् । पालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटनका लागि गत शनिबार पालिका केन्द्र पोखरी नारायणस्थान आएका प्रधानमन्त्री शेरवहादुर देउवालाई अध्यक्ष तामाङले आफ्ना योजना पुरा गर्न सहयोगका लागि अनुरोध समेत गरे ।
पालिका अध्यक्ष तामाङले प्रधानमन्त्री देउवालाई तेमाल ह्रेञ्जेन दोर्जे मेच्छेपौवा माम्ती सडक र बोहोरे दोभान ठूलोपर्सेल तित्रेटार सडक कालोपत्रे गर्न,तेमाल सरकारी अस्पताल निर्माण गर्न,कृषि तथा वाली प्रविधि क्याम्पस निर्माण गर्न,तेमालको आर्थिक तथा पर्यटन विकासका लागि भ्यु टावर तथा तामाङ संग्रहालय निर्माण गर्न,तेमालमा ८३ प्रतिशत तामाङ रहेकोमा यहाँ बौद्ध विश्वविद्यालय निर्माण गर्न सहयोग गर्न अपिल पत्रमार्फत अनुरोध गरेका हुन् ।
यो विशेष अपिलपत्र सुनेपछि देउवाले पनि एक मुष्टमा सहयोग रहने प्रतिवद्धता जनाए । देउवाले पालिकाको सडक,खानेपानी,स्वास्थ्य लगायतका काममा सरकारको सहयोग रहने बताएका हुन् ।
तोकिएकै समय बैशाख ३० गते स्थानीय तहको चुानव हुने नै हो भने अध्यक्ष तामाङले अर्को कार्यकालका लागि चुनावी मैदानमा जाने संकेत गरेका छन् । उनले यो कार्यकालको अन्तिममा तेमाल समृद्धिको यो सपना सार्वजनिक गर्नु र पुरा गर्ने अठोट कस्नु खास काँग्रेस पार्टी तथा तेमालका जनतालाई त्यस्तै महत्वपूर्ण सन्देश दिएको मान्न सकिन्छ ।
तामाङको यो योजना साकार गर्न देउवाको कति साथ रहला ? यि योजनाहरु कहिलेसम्म पुरा होलान् ? यसप्रति तेमालका जनतामा व्यग्र आशा देखिएको छ ।
भिडियो हेर्नुहोस् :