सर्स्यूंखर्क-काभ्रेको तेमाल गाउँपालिका १ सर्स्यूंखर्कमा अनलाईनमार्फत व्यक्तिगत घटना दर्ता शिविर आयोजना गरिएको छ । १ नं. वडाको साविक सर्स्यूंखर्क गाविस वडा नम्बर ४ आधाबाट,वडा नम्बर ३ शिखरकटेरीस्थित भुपालेश्वर प्रावि र वडा नम्बर १ सर्स्यूंखर्कस्थित वडा कार्यालयमा ३ दिने घुम्ती शिविर सम्पन्न भएको हो ।

जनतालाई सजिलो होस् भनेर साविकको वडा-वडामै पुगेर सेवा उपलब्ध गराएको वडा अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय स्थानीय तहका वडा कार्यालयहरु मध्ये सर्स्यूंखर्क वडा कार्यालयले पनि कम्प्युटरद्वारा अनलाईन पञ्जिकरणका काम गर्दै आएकोमा शिविर नै आयोजना गरिएपछि वडा नं. १ का जनताले टोल टोलमै सेवा पाएका हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार बुधबारदेखि शुक्रबारसम्म गरिएको व्यक्तिगत घटना दर्ता शिविरमा २२३ बढिले सेवा लिएका छन् ।

जन्मदर्ता १४४ जना,विवाह दर्ता ६४ जना,मृत्यु दर्ता १२ जना र
बसाई सराईका ३ वटा घटना दर्ता गरिएको हो ।

नेपाल सरकारको नीति अनुसार २०३५ सालपछिका व्यक्तिगत घटना पुनः अनलाइनमा अभिलेखिकरण गर्ने क्रममा तेमाल गाउँपालिका भर शिविर हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस !