धुलिखेल–नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । धुलिखेलमा विहिवार सम्पन्न प्रथम नगर सम्मेलनबाट श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
लामो समयदेखि सञ्चार तथा सामाजिक क्षेत्रबाट महिला मुक्तिको अभियानमा क्रियाशील श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यीय अनेमसंघ नगर कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा सरिता हुमागाईं, सचिवमा पार्वती केसी, सहसचिवमा सजना तामाङ र कोषाध्यक्षमा सुमी भुजेलले जिम्मेवारी पाउनुभएको छ ।
पार्टीको निर्णय तथा सिद्धान्तमा कटिवद्ध भइ अगाडि बढ्न आफुले जिम्मेवारी थप भएको महसुस गरेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अनेमसंघ नगर कमिटीको पहिलो बैठकले थप सदस्यहरु मनोनयन गरी अनेमसंघ नगर कमिटीलाई ७५ सदस्यीय बनाईने छ ।