काभ्रे-महाभारत डाँडापारीका विभिन्न पार्टी परित्याग गर्दै बुधबार २५ बढि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र महाभारत-उपत्यका सम्पर्क समन्वय समितिले बनेपामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा काँग्रेसका धेरै र एमालेका केहि पार्टी कार्यकर्ताहरुले माओवादी रोजेका हुन् ।

प्रवेश गर्नेहरुमा महेन्द्र जर्गामगर,सरस्वती जर्गामगर,सावित्री जर्गामगर,रोशा जर्गामगर,सुसिल मगर,दिपक राना मगर,विक्रम ठाडा मगर,जोश्ना जर्गा मगर,डिलकुमार जर्गा मगर,रोमन तुम्सिङ मगर रहेका छन् ।

महाभारतकै गगन दाश श्रेष्ठ,सिता माया श्रेष्ठ,निर बहादुर थिङ,सोम बहादुर आले,नवराज राना मगर,दिपेन्द्र थापा,क्षेत्रदाश श्रेष्ठ,पूर्ण लुंगेली,तिलक लंगेली,गुप्त बहादुर लुंगेली,सुधन राना मगर,मिलन राना मगर,सुमित राना,प्रविन लुङ्गेली,दिपक लुङ्गेली,रविन मोक्तान,प्रेम थोकर,निरा राना मगर पनि माओवादी प्रवेश गरेका छन् ।

उनिहरुलाई माओवादी केन्द्रका नेतृ ऊर्जाजलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ(लालध्वज),नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री,सचिव इन्द्र बहादुर थिङ,महाभारत गाउँपालिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र महाभारत पालिका कमिटीका अध्यक्ष कान्छालाल जिम्वा लगायतले स्वागत गरेका छन् ।

माओवादीबाट निर्वाचित महाभारत गाउँ पालिका नेतृत्व एवं नेकपा माओवादी केन्द्र नै महाभारतको समृद्धिका लागि उपयुक्त लागेको नवप्रवेशीहरुको तर्क छ ।

स्थानीय तहको निर्वाचन आउँदै गर्दा अन्य पार्टीबाट माओवादीमा भएको पार्टी प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस !