धुलिखेल–नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य धुलिखेलका पुराना नेता मानिएका रामकृष्ण हुमागाईं बुधबार विहान नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

एमालेको तत्कालिन क्षेत्रिय अध्यक्ष रहेका हुमागाई नेतृत्वमा पुर्ब गाबिस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष बिष्णु बहादुर बस्नेत,एमालेबाट निर्वाचित धुलिखेल नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाई,माधब मणि हुमागाई,मुरारी हुमागाई, एमाले नगर कमिटि सदस्य पुरुषोतम बस्नेत,यादब गौतम,धनन्जय हुमागाई,अर्जुन बहादुर भुजेल,राम कृष्ण भुजेल लगायतले काँग्रेसको टिका लगाएका हुन् ।

काँग्रेस नेता प्रकाशशरण महत,केन्द्रिय सदस्य गणेश लामा,जिल्ला सभापति तिर्थ लामा लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !