• नमोबुद्ध संवाददाता,

बनेपा–नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभाका सभामुखले आफ्नो पदिय गरिमा कायम गर्न नसकेको आरोप लगाउनुभएको छ । संवैधानिक ओहोदामा रहेका व्यक्तिले पूर्वाग्रही भुमिका खेलेको पोखरेलको ठोक्कुवा छ ।

शनिबार एमाले काभ्रे जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“सभामुख एउटा संवैधानिक ओहोदा हो,अहिले तिनको भुमिका माथि प्रश्न उठेको छ, उनै सभामुख अग्नि सापकोटा प्रचण्डको गुरिल्ला भए,निर्देशन पालक भए ।” माओवादी केन्द्रका केहि सांसद पार्टी एकताको भावना बोकेर एमाले प्रवेश गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा १० घण्टामा संसद सदस्यबाट हटाउने सभामुखले माधव नेपाल लगायतलाई कारवाही गर्न एमालेले गरेको निर्णय कार्यन्वयन नगरी गल्ती गरेको उहाँको स्पष्टोक्ती छ । सभामुखको यो भुमिका मुलुकलाई अस्थीरतातर्फ धकेल्न मलजल हुने खालको भएको पोखरेलको धारणा छ ।

भिडियोसहित :

महासचिव पोखरेलका अनुसार आफ्नै पर्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न नेतृव गरेको,बारम्बार पार्टी ह्वीप उलंघन गर्दै पार्टी विभजनसम्मको वातावरण बनाउने नेपाल र नेपाल समुहका सांसदहरुलाई गरेको कारवाही कार्यन्वयन गर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सभामुख सापकोटा मौन बसेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउबा नेतृत्वको सरकार परमादेशबाट बनेको तर्क गर्दै उहाँले भन्नुभयो–“जनमत पाएको हामी जुन किसिमले सरकारबाट बाहिरिएका छौं,अब यसको हिसावकिताव जनताका सामु गएर गर्छौं ।”

‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको नेतृत्व एमालेले नै गर्ने दावी गर्दै पोखरेलले कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गर्नुभयो । सिद्धान्त,नीति तथा योजनामा स्पष्ट भई जनताको आकांक्षा पूरा गर्न एमाले दृढताका साथ अघि बढ्ने उल्लेख गर्दै उहाँले एमालेमा गोलबद्ध हुन सबैमा आह्वान गर्नुभयो । एमाले महासचिव पोखरेलले फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकोले त्यस अगाडीने पार्टीको महाधिवेशन गर्ने तयारी सुरु भएकोले त्यसतर्फ लाग्न पनि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

एमालेबाट वरिष्ठ नेता नेपाल समूह चोइटिएर नेकपा (एकिकृत समाजवादी) गठन भएपछि जिल्लामा पहिलो पटक भएको कार्यकर्ता भेलालाई एमाले स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझी,केन्द्रिय सदस्य एवं संघीय सांसद गोकुल बाँसकोटा,संघीय सांसद नविना लामा,बागमती प्रदेश सांसद चन्द्र लामा,गोमा भुर्तेल,संविधानसभा सदस्यद्धय रामहरि सुवेदी र रेशम लामा,पार्टी बागमती प्रदेश सदस्य नारायण बानियाँ,चुडामणी गौतम,जिल्ला कमिटि सचिवालय सदस्य रिता ढकाल,राजन भुर्तेल समेतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेताहरु…

प्रतिक्रिया दिनुहोस !