असहाय,तड्पिदै जीवन गुजारिरहेको मानिसहरुको सारथी

  • नमोबुद्ध संवाददाता,

सिन्धुली-जिल्लाको घ्याङलेक गाउँपालिकास्थित ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालको प्रथम साधारण सभाले सर्वसम्मत रुपमा युवा नेता दिनेश लोलाई अध्यक्ष चयन गरेको छ । कोरोना महामारीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड पालन गरी शनिबार भव्य रुपमा सम्पन्न भएको साधारण सभाले आगामी दुई वर्षको लागि लोलाई यो जिम्मेवारी दिएको हो ।

उहाँको नेतृत्वमा सर्वसम्मत निर्वाचित १३ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मित्र बहादुर थोकर, द्वितीय उपाध्यक्षमा बिज बहादुर लो,सचिवमा देवकृष्ण थोकर, सह-सचिवमा विषम स्याङ्गतान, कोषाध्यक्षमा टिकालाल मोक्तान र सह-कोषाध्यक्षमा चन्द्रीमाया योन्जन हुनुहुन्छ । सदस्यहरुमा राजकुमारी बम्जन,कान्छीमाया घिसिङ, कान्छामान योन्जन, शुक बहादुर लो, कृष्ण कुमार लो र निर्माला गोले रहनुभएको छ ।

यसैगरी साधारणसभाबाट नै चयन गरिएका ११ सदस्यीय सल्लाहकार समितिमा सम्बर बहादुर वाइवा, अरुण गोले, अष्टमान लो, दूध बहादुर योन्जन, संचमाया लो, इश्वरमान थोकर, अर्जुन भ्लोन, पेमा सिं थोकर, बिज बहादुर योन्जन, सुनिता योन्जन, भोजराज लो हुनुहुन्छ ।

साधारण सभामा संस्थाको आय व्यय विवरण,वार्षिक कार्यप्रगति विवरण,अहिलेसम्म गरेको सामाजिक कामहरु र आगामी योजनाहरु प्रस्तुत गरिएको थियो । स्थापनाको २ वर्षमा संस्थाले हालसम्म मृतकको परिवारलाई सहयोग,विरामीलाई सहयोग लगायत संस्थाको विधान र उद्देश्य बमोजिम विभिन्न कार्यहरुको गर्दै आएको नवनिर्वाचित अध्यक्ष लोले जानकारी दिनुभयो ।

अध्यक्ष लोका अनुसार असहाय,तड्पिदै जीवन गुजारिरहेको मानिसहरुको सारथी बनेको यो सामाजिक संस्था मानिस मानिस बीच आत्मीय सम्बन्ध विस्तार,बन्धुत्वको भावना, भावनाको विकास र आपसी सर सहयोगको भावना सिर्जना गर्ने उद्देश्यले २०७६ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस !