गापालिकाहरुमा पहिलो
नमोबुद्ध संवाददाता,
काभ्रे–काभ्रेको महाभारत गाउँपालिका गाउँपालिकाहरुमा प्रदेशकै पहिलो उत्कृष्ठ स्थानीय तह बनेको छ । महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय प्रतिबेदन सुचकले यो पालिका बागमती प्रदेशकै गाउँपालिकाहरुमा पहिलो र सबै स्थानीय तहहरुमा दोस्रो उत्कृष्ट स्थानीय तह बनेको देखिन्छ ।
महालेखापरीक्षकको अन्ठान्नौं वार्षिक प्रतिवेदन,२०७८ अनुसार महाभारत गाउँपालिका गाउँपालिकाहरुमा सबै भन्दा कम बेरुजु रु २९४०(०.४३) प्रतिशत छ ।
पालिकाको दुरुस्त वित्तिय व्यवस्थापन,आर्थिक प्रशासनका सिद्धान्तहरु अवलम्बन गरी आर्थिक कारोबार गर्ने पद्धतिको विकास,कानुनु बमोजिम प्राथमिकताका आधारमा बेरुजु फछ्र्यौट गर्ने गराउने पद्धतिको अवलम्बन जस्ता पाटोमा संवेदनशीलता अपनाएकोले आफ्नो पालिकाले यो सफलता हाँसील गरेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
बागमती प्रदेशमा महानगरपालिका ३,उपमहानगरपालिका १,नगरपालिका ४१ र गाउँपालिका ७४ गरी ११९ वटा स्थानीय तह छन् । यि स्थानीय तहहरुमध्ये नगरपालिकाहरुमा रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ०.३० प्रतिशत छ । गाउँपालिकाहरुमा दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढि १४.०४ प्रतिशत बेरुजु छ ।
काभ्रेको१३ स्थानीय तहमध्ये सबैभन्दा बढि तेमाल गाउँपालिकाको ९.७० प्रतिशत बेरुजु देखिएको छ ।