काठमाडौं–अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादरले सक्रियता देखाउनुभएको छ । यसबारे तयारीका लागि यहाँ त्यहाँको राजधानी काबुल पुग्नुभएको बीबीसीले जनाएको छ । काबुलमा उहाँले तालिबानका सदस्य एवं नेतासँग संवाद गर्नुहुनेछ ।

बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पग्नुभएको थियो,जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ ।
बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ पर्नुभएको थियो । त्यसपछि सन् २०१८ मा उहाँलाई कतार पठाइएको थियो । दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो ।

तालिबानले काबुल कब्जा गरेको केही घण्टापछि आफूले गर्ने शासन फरक हुने घोषणा गरेको थियो । केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर यूएईमा सपरिवार शरण लिएर बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !